दैनिक समाचारदाता
काठमाडौं, २३ बैशाख ।
जनता समाजवादी पार्टी नेपाल फुटेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठनको प्रक्रियामा रहेको छ ।
हाल जसपा नेपालका १२ सांसद छन् । अध्यक्ष उपेन्द्र यादव भने अमेरिकाको भ्रमणमा रहेको बेला राईको पक्षमा ७ जना सांसद उभिएका छन् । राइसँग वन मन्त्री नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, प्रदीप यादव, रन्जु झा, हसिना खान र शुसिला श्रेष्ठ छन् ।
संसदमा प्रतिनिधित्व गर्ने ७ जना सांसदले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबारै निवेदन समेत दर्ता गराएका छन् ।
यता सांसद प्रदिप यादवले नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्तावित गरिएको जनाए । यसअघि उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालबाट नेपाल भन्ने शब्द हटाएर आफूहरुले जनता समाजवादी पार्टी नामको दल दर्ताका लागि निवेदन दिएको उनले बताए ।
अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
सारांश
- हाल जसपा नेपालका १२ सांसद छन् ।
- अध्यक्ष उपेन्द्र यादव भने अमेरिकाको भ्रमणमा रहेको बेला राईको पक्षमा ७ जना सांसद उभिएका छन् ।
- राइसँग वन मन्त्री नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, प्रदीप यादव, रन्जु झा, हसिना खान र शुसिला श्रेष्ठ छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया