कक्षा कोठामै वडा कार्यालय र स्वास्थ्य क्लिनिक

राजविराज राजविराज
|
आइतबार, जेठ १९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कक्षा कोठामै वडा कार्यालय र स्वास्थ्य क्लिनिक

सारांश

  •     सप्तरीको महदेवा गाउँपालिका ५ स्थित भगवति राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षा कोठामा विगत एक वर्षदेखि वडा कार्यालय र सोही गाँउपालिकाको वडा ६ स्थित बजरंगवली आधारभुत विद्यालयको एउटा कक्षाकोठामा शहरी स्वाथ्य क्लिनिक संचालन हुदै आएको हो ।
  • दुवै विद्यालयको उक्त कक्षा कोठामा रहेको डेस्क–बेन्च झिकेर अर्काे कक्षा कोठामा कोचाकोच गरी राखिएको छ ।
  •       यसरी एउटै कक्षा कोठामा कोचाकोच गरी डेस्क बेन्च र विद्यार्थीहरुलाई राखेर पठनपाठन गराउँदा समस्या हुने गरेको शिक्षकहरुको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
    विगत एक वर्षदेखि सप्तरीस्थित २ सरकारी विद्यालयको कक्षा कोठामा वडा कार्यालय र स्वास्थ्य क्लिनिक संचालन भएपछि विद्यार्थीको पढाई प्रभावित भइरहेको छ । 
    सप्तरीको महदेवा गाउँपालिका ५ स्थित भगवति राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षा कोठामा विगत एक वर्षदेखि वडा कार्यालय र सोही गाँउपालिकाको वडा ६ स्थित बजरंगवली आधारभुत विद्यालयको एउटा कक्षाकोठामा शहरी स्वाथ्य क्लिनिक संचालन हुदै आएको हो । दुवै विद्यालयको उक्त कक्षा कोठामा रहेको डेस्क–बेन्च झिकेर अर्काे कक्षा कोठामा कोचाकोच गरी राखिएको छ । 


    यसरी एउटै कक्षा कोठामा कोचाकोच गरी डेस्क बेन्च र विद्यार्थीहरुलाई राखेर पठनपाठन गराउँदा समस्या हुने गरेको शिक्षकहरुको भनाई छ । तर जनप्रतिनिधीले नै यस्तो गरेको कारण उनीहरु खुलेर बोल्न भने डराउँछन । नाम नछापिदिन आग्रहका साथ एक शिक्षकले भने, “निजी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुलाई कमिलाले मात्र टोकेपनि अभिभावकले गुनासो गर्न आउँछन तर, यो सरकारी विद्यालयमा कोचाकोच गरेर विद्यार्थी पढाउनु पर्ने बाध्यता रहदा पनि जनप्रतिनिधीका डरले कोही बोल्न आउँदैनन ।”


    कक्षाकोठाको अभाव भएपछि एकै कोठामा कोचाकोच गरी पढाउँदा विद्यार्थीसंग आफुलाई पनि असहज हुने गरेको शिक्षकहरुको भनाई छ । 
    बजरंगवली आधारभुत विद्यालयमा २ सय ७० र भगवती राप्राविमा १ सय ६० गरी कुल ४ सय ३० विद्यार्थीहरु अध्ययनरत छन् । यसबारे भगवति राष्ट्रिय प्राथमिक विद्यालयका प्रअ रामकृष्ण पण्डित र बजंरगवली आधारभुत विद्यालयका प्रअ कृष्णदेव मण्डलसंग जिज्ञासा राख्दा दुबैले कक्षाकोठामा वडा कार्यालय र स्वास्थ्य क्लिनक संचालन हुदाँ पठनपाठनमा समस्या भएको स्विकार्दै केही दिनका लागी मात्र उक्त कोठा उपलब्ध गराइएकोमा जनप्रतिनिधीको ढिलासुस्तिले समय लम्विदै गएको लाचारी सुनाए । 


    यता वडा नं. ५ का वडाध्यक्ष मनोज प्रसाद मण्डल तथा वडा नं. ६ का वडाअध्यक्ष उमेश यादवले भवनको अभावमा तत्काल विद्यालयको कक्षा कोठा प्रयोग गरिएको बताउदै वैकल्पिक व्यवस्था गरी छिट्टै कक्षाकोठा खाली गर्ने प्रतिकृया दिएका छन् । 
    शिक्षा समन्वय इकाइ समितिका प्रमुख फनिन्द्र खत्रीले विद्यालयको कक्षाकोठामा लामो समयदेखि वडा कार्यालय र स्वास्थ्य क्लिनिक संचालन गर्नु दुःखद विषय भएको बताए । जनप्रतिनिधीले सहयोग गर्नुको सुट्टा उल्टै पठनपाठन नै प्रभावित पार्ने गरी गतिविधी गर्नू गलत भएको भन्दै उनले यसबारे आफुले पनि सम्बन्धित निकायमा जानकारी गराई आवश्यक पहल गरिरहेको बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद
नुनदेखी सुन तथा माछा पसलमा अनुगमन, कम तौलका ढक तराजु बरामद
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार
बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता 
बाल विवाहका कारण कलिलै उमेरमा ज्यान गुमाउनु परेको घटनाप्रति चिन्ता 
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना