दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
असार २ गतेबाट राजविराज हुने मेयर कप सप्तरी प्रिमियर लिगको दोश्रो सिजनमा पुरुष र महिला दुवै समावेश गरिने भएको छ ।
राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालन हुने प्रतियोगिताको लागि यस बर्ष ५ टोलिको सहभागिता हुने सप्तरी क्रिकेट संघले जनाएको छ ।
राजबिराजस्थित प.बि.मा.बि.को खेल मैदानमा संचालन हुने प्रतियोगिता लिगको आधारमा खेलाईने छ । प्रतियोगिताका लागि अगामी जेठ ३१ गते खेलाडीहरुको अक्सन हुने तथा प्रतियोगिता भब्यतापुर्वक सम्पन्न गराउन संघका सदस्य रोशन मण्डललाई प्रतियोगिता डाईरेक्टर समेत चयन गरिएको छ ।
यस्तै प्रतियोगिताका लागि डम्वरनारायण दास (शम्भु), राहुल सिंह, रवी राय र संजय सिंह कार्की रहने गरि उपसमिति समेत गठन गरिएको सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादवले जानकारी दिएका छन् ।
त्यसै गरि संघले दिएको जानकारी अनुसार यस पटक पहिलो महिला सप्तरी प्रिमियर लिगको आयोजना असार ९ गतेबाट हुने तथा सोका लागि समेत अक्सन असार ५ गते हुनेछ ।
महिला क्रिकेटको लागि सुरुंगा नगरपालिका र खडक नगरपालिकाले प्रायोजन गरेको छ भने सबल नेपालको मुख्य आयोजनामा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालन हुने सचिव यादवले जानकारी दिए ।
प्रतियोगितामा यस पटक पुरुष तर्फको बिजेताले २ लाख नगदसहित ट्रफि तथा उपबिजेताले १ लाख पाउने जनाइएको छ भने महिलातर्फको बिजेताले ५१ हजार तथा उपबिजेताले ३१ हजार प्राप्त गर्ने छन् ।
गत बर्षबाट संचालन गरिएको मेयर कप सप्तरी प्रिमयर लिगको पहिलो उपाधि बजाज खडक वारियर्सले १ लाख ५० हजार सहित हात पारेका थिए ।
सप्तरी प्रिमियर लिग सिजन–२ असारमा हुने
सारांश
- राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा संचालन हुने प्रतियोगिताको लागि यस बर्ष ५ टोलिको सहभागिता हुने सप्तरी क्रिकेट संघले जनाएको छ ।
- राजबिराजस्थित प.
- बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया