अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने 

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने 

सारांश

  •     सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा मंगलबार भएको सम्झौतामा ठेकेदार कम्पनी कान्छाराद्वारा संचालित दुबै योजनाहरु समयअवधी भित्र संचालन नगरिए ठेक्का रद्द गरिने संविधानसभा सदस्य कर्णले चेतावनी समेत दिइएको जनाएका छन् ।
  •       “ठेकेदार कम्पनीका प्रोपराइटर कान्छाराम नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री समेत रहेपनि विकास कार्यमा अवरुद्ध गर्ने जोसुकैलाई छाडिने छैन् ।
  • ” नेपाली काँगे्रसका युवा नेता समेत रहेका संविधानसभा सदस्य कर्णले भने– “पार्टी, नातागोता, इष्टमित्र समेतलाई बिर्सेर जिल्लाको विकासमा तदारुकताका साथ अघि बढ्ने छु ।

दैनिक समाचारदाता
राजविराज, ३ असार । 

    संविधानसभा सदस्य रन्जित कर्णले सप्तरीमा विकास अवरुद्ध हुनुको मुख्य कारण बेथिति, भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू रहेको आरोप लगाएको ७२ घण्टा नबित्दै राजविराजस्थित नेता चोकदेखि सिरहा सडक र उपयोगी पसलदेखि राजदेवी सडकसम्मको दुई योजना १० दिन भित्रै संचालनमा आउने भएको छ । 
    सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा मंगलबार भएको सम्झौतामा ठेकेदार कम्पनी कान्छाराद्वारा संचालित दुबै योजनाहरु समयअवधी भित्र संचालन नगरिए ठेक्का रद्द गरिने संविधानसभा सदस्य कर्णले चेतावनी समेत दिइएको जनाएका छन् ।  
    “ठेकेदार कम्पनीका प्रोपराइटर कान्छाराम नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री समेत रहेपनि विकास कार्यमा अवरुद्ध गर्ने जोसुकैलाई छाडिने छैन् ।” नेपाली काँगे्रसका युवा नेता समेत रहेका संविधानसभा सदस्य कर्णले भने– “पार्टी, नातागोता, इष्टमित्र समेतलाई बिर्सेर जिल्लाको विकासमा तदारुकताका साथ अघि बढ्ने छु ।”
    यसअघि उनले विकास कार्य अवरुद्ध रहेका राजविराज–हनुमाननगर रोड, राजविराजस्थित कोल्ड स्टोर, राजविराजको सिरहा रोड, हुलाकी राजमार्ग अन्तरगतको कंचनपुर रोड र राजविराजको कन्या छात्रावासको तस्बिर राखेर सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए ।  
    नेवि संघका पूर्व अध्यक्ष समेत रहेका संविधानसभा सदस्य कर्णले जिल्लाको ती विकासीय कार्यहरु सम्पन्न गराउनका लागि सम्बन्धित निकायलाई सामाजिक संजाल मार्फत ७२ घण्टे अल्टिमेटम समेत दिएका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 
बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
चार दशकपछि सप्तरीमा  महिला प्रमुख पदमा निर्वाचित 
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन