रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी 

राजविराज राजविराज
|
शुक्रबार, आषाढ ८, २०८०
|
|
११४ पटक हेरिएको
Shares
रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी 

सारांश

  •     पहिलो खेलमा रुपनी राइडर्सले छिन्नमस्ता लायन्सलाई ५ विकेटले पराजित गरेको छ ।
  • छिन्नमस्ताले दिएको १ सय ७७ रनको लक्ष्य रुपनीले १९.
  • २ ओभरमा ५ विकेट क्षतीमा स्प्रिाप्त गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ असार ।

    राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ संस्करण अन्तर्गत शुक्रबार सम्पन्न खेलमा रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी भएका छन् । 
    पहिलो खेलमा रुपनी राइडर्सले छिन्नमस्ता लायन्सलाई ५ विकेटले पराजित गरेको छ । छिन्नमस्ताले दिएको १ सय ७७ रनको लक्ष्य रुपनीले १९.२ ओभरमा ५ विकेट क्षतीमा स्प्रिाप्त गरेको छ । 
    रुपनीको ब्याटिंगमा प्लेयर अफ द म्याच समेत घोषित रोहन बिकले ८२ रन बनाए । अरनिको यादवले २७, मुकुन्द यादवले २५ तथा बिकास दासले २३ रन बनाए । रोहन र विकासले ९२ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे । 
    यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ७६ रन बनाएको थियो । ओपनर शुभ कंसाकारले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा १ सय १८ रन योगदान दिए । कमल खत्रीले १४ तथा हिमांशु दत्ताले १३ रन बनाए । रुपनीका बलर मुकुन्द यादवले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए ।
    यस्तै दोश्रो खेलमा बलान बिहुल सुपर किंग्सले राजविराज द किंग्सलाई ८ विकेटले पराजित ग¥यो । राजविराजले दिएको १ सय २५ रनको लक्ष्य बलान बिहुलले १०.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो । 
    बलान बिहुलको ब्याटिङमा प्लेयर अफ द म्याच समेत घोषित हसिम अन्सारीले सर्वाधिक ५२ रन बनाए । कप्तान पवन सर्राफले ३२, सोनु अन्सारीले २५ तथा रुपेश सिंहले १५ रन बनाए । हसिमले सोनुसंग ५५ रनको ओपनिंग साझेदारी गरे भने दोश्रो विकेटको लागि पवनसंग ४२ रन जोड्दै जितको आधार तयार गरे । 
    टस हारेर ब्याटिंङ गरेको राजविराज द किंगले १९.५ ओभरमा १२४ रन बनायो । अभिषेक कार्कीले सर्वाधिक ३७ रन बनाए भने प्रतिक श्रेष्ठले २२, तृत राज दासले १६ रन बनाए । बलान बिहुलका बलर रुपेश सिंहले ३ तथा विकास दास, रोबिन सिंह र बिष्णु मण्डलले २÷२ विकेट लिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी