चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 

राजविराज राजविराज
|
बुधबार, पौष १३, २०७९
|
|
४७ पटक हेरिएको
Shares
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु 

सारांश

  •     पशू चौपायालाई चिसो र लामखुट्टेबाट जोगाउन गाइगोठमा बालिएको घुर सल्केर आगलागी हुदा ८० वर्षिय मुक्तिपाल राउतको जलेर मृत्यु भएको हो ।
  •       प्रहरीका अनुसार उनलाई जोगउन गएका २५ वर्षिय नाती धर्मदेव पाल सामान्य घाईते भएका छन् ।
  •       आगलागीबाट उनको गाईगोठ जलेर पुर्णरुपमा जलेर नष्ट हुनुका साथै एउटा राँगा र एउटा भैसी समेत जलेर मरेका छन ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 

    सप्तरीको बोदेबर्साइन नगरपालिका ४ सिलहटमा मंगलबार राती आगलागिमा परेर एक बृद्धाको मृत्यु भएको छ । 
    पशू चौपायालाई चिसो र लामखुट्टेबाट जोगाउन गाइगोठमा बालिएको घुर सल्केर आगलागी हुदा ८० वर्षिय मुक्तिपाल राउतको जलेर मृत्यु भएको हो । 
    प्रहरीका अनुसार उनलाई जोगउन गएका २५ वर्षिय नाती धर्मदेव पाल सामान्य घाईते भएका छन् । 
    आगलागीबाट उनको गाईगोठ जलेर पुर्णरुपमा जलेर नष्ट हुनुका साथै एउटा राँगा र एउटा भैसी समेत जलेर मरेका छन । सबै सुतिरहेका बेला राती १२ बजेर तीर आगलागी भएकाले मानवीय क्षती समेत हुन पुगेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक बलिष्टर सिहले जानकारी दिए । 
    चिसो र लामखुट्टेबाट पशु चौपायालाई जोगाउन गाईगोठमा घुर बालेर नजिकै खाटमा सुतेका बृद्ध राउत तीव्र गतीमा आगो फैलिएकाले समय मै भाग्न नसकेको अनुमान गरिएको छ । 
    प्रहरी र स्थानीयको प्रयासमा दुई घण्टा पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएपछि २ वटा भैसी समेत घाईते अवस्थामा फेला परेको स्थानीयवासी सत्यनारायण यादवले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?