राजविराज÷मिटरब्याजीको आरोप खेपीरहेका सप्तरीका एक जनप्रतिनिधिले सोही विषयलाई लिएर महिलाहरुमाथी निर्घात कुटपीट गरेका छन् ।
सप्तरीको रुपनी गाँपालिका ५ का वडाअध्यक्ष गंगाराम यादवले सोही पालिका वडा ६ तेरहौताकी ५० वर्षिया सुनरी देवी चौधरी र ५५ वर्षिया बच्चा देवी चौधरीलाई कुटपिट गरेको आरोप लागेको छ ।
ऋण वापत चर्काे ब्याज लिएको र सो रकम तिरेर धितो वापत राखेको जग्गा फिर्ता गर्न नमानेको विषयमा सम्बन्धीत निकायमा उजुरी गर्दा आफुहरु कुटिएको महिलाहरुले आरोप लगाएकी हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी ती महिलाहरुले घट्नाको छानवीन तथा दोषीमाथी कारवाहीको माग गरेकी छिन् । वडाअध्यक्ष यादवकै अगुवाईमा गत माघ ७ गते वडा कार्यालय नजिकैको सडक खण्डमा आफुहरुमाथी कुटपीट गरी घाइते बनाएको र स्वास्थ्यलाभ पश्चात् न्यायका लागी पहल गरिदिन सञ्चारकर्मी माझ आईपुगेको पत्रकार सम्मेलनमा पीडित महिला सुनरी देवी चौधरीले बताइन ।
उनले आफुमाथी आक्रमण हुँदा बचाउन पुगेकी छिमेकी बच्चा देवी समेतलाई निर्घात कुटपीट गरिएको र दुवै जना उपचारका लागी गजेन्द्र नारायण सिह अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ पश्चात घर फर्किएको बताईन । उनले उपचारको क्रममा खर्च भएको ५० हजार रुपैया पनि ऋण सापटी लिनु परेको सुनाईन ।
८ वर्ष अघि २ लाख रुपैया यादवसँग ऋण लिए वापत सोही पालिका स्थित १४ कठ्ठा ३ धुर जग्गा उनलाई धितो वापत पास गरेर दिएको सुनरी देवीको भनाई छ । ऋण लिएको २ वर्ष पछि २ लाख ५० हजार रुपैया (ब्याज सहित) फिर्ता दिन जाँदा यादवले लिन नमानेको र जग्गा समेत फिर्ता गर्न नमानेकाले आप्mनो बिचल्ली भएको सुनरी देवीले सुनाइन् ।
दुई लाख रुपैया ऋण वापत धितो राखेको पुरै जग्गा यादवले कब्जा गरेपछि गाउँपालिकाको न्यायिक समिती, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय उजुरी दिएपनि अहिले सम्म आफुले न्याय नपाएकबो पीडितको गुनासो छ । वडा कार्यालयमा समेत उजुरी दिन जाँदा लिन आलटाल गरेको र पछिल्लो पटक माघ ७ गते आफुमाथी वडाध्यक्ष यादवले मानिस समेत लगाएर निर्घात कुटपीट गरेपछि थप ५० हजार रुपैया कर्जा लिएर उपचार गर्नू परेको उनको दुखेसो छ । आफुलाई न्याय दिलाई दिन पहलका लागी उनले सञ्चारकर्मीहरुसंग आग्रह गरेकी छिन् ।
यता वडाअध्यक्ष यादवले हुल बाँधेर वडा कार्यालयमा आई आफुलाई उल्टै गालीगलौच गरेको बताँउदै जग्गा आफुले ५ लाख रुपैया तिरेर किनेको दाबी गरेका छन् । उनले ती महिलाहरुलाई कुनै कुटपीट नगरेको र विभिन्न बहाना बनाई आफूलाई बदनाम गर्र्न खोजेको बताएका छन् ।
जनप्रतिनिधीबाट कुटिए महिला
सारांश
- राजविराज÷मिटरब्याजीको आरोप खेपीरहेका सप्तरीका एक जनप्रतिनिधिले सोही विषयलाई लिएर महिलाहरुमाथी निर्घात कुटपीट गरेका छन् ।
- सप्तरीको रुपनी गाँपालिका ५ का वडाअध्यक्ष गंगाराम यादवले सोही पालिका वडा ६ तेरहौताकी ५० वर्षिया सुनरी देवी चौधरी र ५५ वर्षिया बच्चा देवी चौधरीलाई कुटपिट गरेको आरोप लागेको छ ।
- ऋण वापत चर्काे ब्याज लिएको र सो रकम तिरेर धितो वापत राखेको जग्गा फिर्ता गर्न नमानेको विषयमा सम्बन्धीत निकायमा उजुरी गर्दा आफुहरु कुटिएको महिलाहरुले आरोप लगाएकी हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
…अनि श्रीमतीसँग माफी मागें
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
प्रतिक्रिया
० प्रतिक्रिया