दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको खडक नगरपालिकास्थित सडक खण्डमा मोटरसाईकल र पिकअप भ्यान एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ ।
पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सो सडक खण्डमा सोमवार दिउँसो पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.१४च.६२७९ नम्बरको पिकअप र विपरित दिशा तर्फबाट आउदै गरेको ना.३७.प.३८९४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक पर्सा जिल्लाको जीरा भवानी गाउँपालिका ३ का ३७ वर्षिय शिवशक्ती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गम्भीर घाईते भएको उनको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा सोमवार राती उपचारको क्रममा मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यता ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु
सारांश
- पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सो सडक खण्डमा सोमवार दिउँसो पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.
- १४च.
- ६२७९ नम्बरको पिकअप र विपरित दिशा तर्फबाट आउदै गरेको ना.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया