सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 

राजविराज राजविराज
|
मंगलबार, चैत्र २०, २०८०
|
|
२२ पटक हेरिएको
Shares
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 

सारांश

  •     पक्राउ पर्नेहरुमा खडक नगरपालिका ११ वस्ने ४३ वर्षिय विरेन्द्र कुमार साह र ४० वर्षिय राम प्रकाश सरण चौधरी छन् ।
  •       दुबै जनाको मिलोमतोमा उक्त किर्ते र ठगी काम भएको प्रहरीको भनाई छ ।
  • उनीहरुमाथी प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० चैत ।

    नगरपालिकाको लेटरप्याड, छाप तयार गरी नक्कली सिफारिश पत्र बनाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा खडक नगरपालिका ११ वस्ने ४३ वर्षिय विरेन्द्र कुमार साह र ४० वर्षिय राम प्रकाश सरण चौधरी छन् । 
    दुबै जनाको मिलोमतोमा उक्त किर्ते र ठगी काम भएको प्रहरीको भनाई छ । उनीहरुमाथी प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको छ । 
    खडक नगरपालिकाको नक्कली लेटरप्याड, छाप र नगर प्रमुखको किर्ते हस्ताक्षर समेत गरी सिफारिश पत्र बनाएर सरकारी संस्थानबाट मलखाद खरिद र विक्री गरी ठगी गरेको उनीहरुमाथी आरोप छ । 
    सोही नगरपालिकाका उपमेयर रीता कुमारी चौधरीको सहयोगीको रुपमा नगरपालिकामा काम गर्दै आएका साह कर्मचारी हुन भने चौधरी मलखाद विक्री गर्ने एक सहकारी संस्थाका संचालक हुन । 
    प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि साहलाई निलम्बनको तयारी गरिएको मेयर जयप्रकाश चौधरीले बताए । साहले नक्कली लेटरप्याड, छाप र चलानी नम्बर मात्र नभई आफ्नो हस्ताक्षर समेत किर्ते गरी नक्कली सिफारिश पत्रको आधारमा सरकारी संस्थानबाट १ सय २२ बोरा मल खाद्य खरिद गरी विक्री गरेको जानकारी प्राप्त भएको मेयर चौधरीले बताए । 
    नक्कली सिफासिश पत्र मार्फत वडा नम्बर ४ का लागी सरकारी संस्थानबाट प्राप्त गरेको उक्त मलखाद्य आफ्नै वडा ११ मा लगेर विक्री गरेको समेत आफुलाई जानकारी प्राप्त भएको उनको भनाइ छ । 
    दुई दिन अघि पक्राउ परेका उनीहरुमाथी सरकारी छाप दस्तखत किर्ते मुदामा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गराई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसा तथा अन्यले  २५ रुँपैया मै रोगको परिक्षण गर्न पाउने
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु
राजविराज विमानस्थलबाट उडान सेवा ठप्प
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत