देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव

राजविराज राजविराज
|
शनिबार, कार्तिक १७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्छ ः पूर्व मन्त्री यादव

सारांश

  •     नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री यादवले अहिलेको समयमा नेपाली काँग्रेसले विपि कोइरालालाई बदनाम गरिरहेको आरोप समेत लगाए ।
  •       एक अर्को प्रसङ्गमा उनले मधेशीको नाममा नेपालबाट मधेशलाई टुक्राउने षड्यन्त्र भईरहेकोले यस्ता देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्ने जोड दिए ।
  •       उनले प्रदेश नं.

दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
    नेपाली काँग्रेस सप्तरीले शुक्रवार राजविराजमा आयोजना गरेको चियापान कार्यक्रम नेकपाका नेता एवं पूर्व सिचाई मन्त्री उमेश कुमार यादवले काँग्रेसका संस्थापक नेता विपि कोइरालाले मेलमिलापको नीति नल्याएको भए अहिले नेपालको अवस्था सिरिया जस्तै हुने बताएका छन् ।
    नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री यादवले अहिलेको समयमा नेपाली काँग्रेसले विपि कोइरालालाई बदनाम गरिरहेको आरोप समेत लगाए । 
    एक अर्को प्रसङ्गमा उनले मधेशीको नाममा नेपालबाट मधेशलाई टुक्राउने षड्यन्त्र भईरहेकोले यस्ता देश टुक्राउनेलाई तह लगाउन सबै जनता एकजुट हुनुपर्ने जोड दिए । 
    उनले प्रदेश नं. २ मा मदिरा र लागुऔषधका कारण अपराध बढिरहेको बताउँदै उनले प्रदेश २ लाई मदिरा मुक्त प्रदेश घोषणा गर्नका लागि आग्रह समेत गरे ।
    यस्तै सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाली काँग्रेस जीवन पद्धतिको पार्टी रहेको संज्ञा दिए । उनले सप्तरी जिल्ला मधेशको नेतृत्व गर्ने जिल्ला भए पनि पछिल्लो समयमा सामाजिक र आर्थिक अवस्थामा निकै तल जानु र अपराधिक गतिविधिमा वृद्धि हुनुका कारणले जिल्ला पछाडि पर्दैै गएको जिकिर गरे ।
    कार्यक्रममा पूर्व सभासद् सकलदेव सुतिहारले विपी कोइरालाले राष्ट्र सबैको भएकाले सबै मिलेर राष्ट्र बनाउनुपर्ने धारणा राखे । उनले अहिलेको समयमा प्रजातन्त्रप्रतिको मोह सबैबाट हराउँदै गएकोमा दुःख व्यक्त गरे ।
    सोही कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका सप्तरी ईन्चार्ज सत्य नारायण यादव, प्रदेश नम्बर २ का प्रदेश सांसद प्रमिला यादव, ंकंचनरुपन नगरपालिकाका मेयर बसन्त मिश्र, राजबिराज नगरपालिकाका उपमेयर साधना झा, बलान बिहुल गाउँपलिका अध्यक्ष दयानन्द गोइत लगायतले शुभकामना व्यक्त गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल  
एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल  
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन 
सप्तरी क्षेत्र नं. ४ मा द्विपक्षीय भिडन्तको आंकलन 
खाद्य स्वच्छताका लागि सचेतना 
खाद्य स्वच्छताका लागि सचेतना 
सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
जिप्रका सप्तरीले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने
जिप्रका सप्तरीले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने
दुई सय घरेलु मदिरा नष्ट
दुई सय घरेलु मदिरा नष्ट
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे
मुस्लिमहरुको इज्तिमाका लागि ५० हजार भन्दा बढी सहभागी आई पुगे