आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 

राजविराज राजविराज
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 

सारांश

  •     मंगलबार राजविराजमा सम्पन्न स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशालामा पालिका प्रमुखहरुले वास गभर्नेन्स क्षेत्रका लागि आवश्यक ऐन, कार्यविधि तथा मापदण्डहरु पारित गर्दै प्रभावकारी कार्यान्वयनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
  •     युनिसेफको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा आयोजित सो कार्यशालामा सप्तरीका ६ वटा र सिरहाका दुई वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कानुनी सल्लाहकार, विधायन समितिका सदस्य तथा सम्बन्धित शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
  •     खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन, कार्यविधि तथा मापदण्डहरु बनाउन छलफल गरिनुका साथै मस्यौदा समेत तयार गरिएको र वास योजना प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना समेत बनाइएको युनिसेफका वास अधिकृृत अन्नपूर्ण मिश्रले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 

    पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत कार्यक्रम र बजेट राख्ने प्रतिबद्धता जनाएको छ । 
    मंगलबार राजविराजमा सम्पन्न स्थानीय तहको खानेपानी सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशालामा पालिका प्रमुखहरुले वास गभर्नेन्स क्षेत्रका लागि आवश्यक ऐन, कार्यविधि तथा मापदण्डहरु पारित गर्दै प्रभावकारी कार्यान्वयनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
    युनिसेफको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा आयोजित सो कार्यशालामा सप्तरीका ६ वटा र सिरहाका दुई वटा पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कानुनी सल्लाहकार, विधायन समितिका सदस्य तथा सम्बन्धित शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
    खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी ऐन, कार्यविधि तथा मापदण्डहरु बनाउन छलफल गरिनुका साथै मस्यौदा समेत तयार गरिएको र वास योजना प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना समेत बनाइएको युनिसेफका वास अधिकृृत अन्नपूर्ण मिश्रले जानकारी दिए ।
    कार्यशालामा सहभागी ८ वटै पालिकाहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रको कार्यक्रम सञ्चालन गर्न न्यूनतम ५० लाखदेखि डेढ करोड रुपैयाँसम्मको कार्ययोजना बनाएको हनुमाननगर कंकालिनी नगरपालिकाका वास सम्पर्क ब्यक्ति अमित पाठकले जानकारी दिए । 
    हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझीको अध्यक्षतामा सम्पन्न सो कार्यशालामा सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चौधरी, शम्भुनाथ नगरपालिकाका कार्यबाहक प्रमुख अनिता कुमारी चौधरीसहितकाले वास कार्ययोजनालाई प्रभाकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । 
    सिरहाको सिरहा नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका तथा सप्तरीको सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, राजविराज नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र बलान बिहुल गाउँपालिकाको सहभागिता रहेको सो कार्यक्रममा युनिसेफकी वास अधिकृत अन्नपूर्ण मिश्र, सहजकर्ता दिपक श्रेष्ठसहितकाले सहजीकरण गरेका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुमधामका साथ मनाईदै चैती छठ 
धुमधामका साथ मनाईदै चैती छठ 
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय,  प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन 
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय,  प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन 
धानबालीमा गवारो रोग लागेपछि सप्तरीका किसान चिन्तित
धानबालीमा गवारो रोग लागेपछि सप्तरीका किसान चिन्तित
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति
विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी
प्रतिष्ठानको काम अन्तिम चरणमा, ऐन चाँडै आउने ः डा. चौधरी

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन