राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा

राजविराज राजविराज
|
सोमबार, पौष २, २०७५
|
|
२० पटक हेरिएको
Shares
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा

सारांश

  •     स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले वृक्षारोपण तथा कार्यक्रमको ब्यानर पढेर सो वडालाई बाल विवाह मुक्त वडा घोषणा गरे ।
  •       घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री साहले मधेशमा विकृतिको रुपमा देखापरेको बाल विवाह अन्त्यका लागि वडा ५ ले गरेको प्रयास सराह्निय रहेको भन्दै यसबाट अन्य वडाले पनि सिकाई गर्नु पर्ने बताए ।
  •       ५ सय ६० घरधुरी भएको यस वडामा गत आर्थिक बर्षमा ३० वटा बिवाह भएको र २० वर्ष लागू भए यता नयाँ नियम अनुसार ५ वटा बालबिवाह मात्र भएको तथ्याङ्क अनुसार यस वडा बाल बिवाह मुक्त घोषणा गरिएको वडा अध्यक्ष समीर कुमार झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
    राजविराज नगरपालिका वडा नं. ५ लाई सोमबार एक कार्यक्रमबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । 
    स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले वृक्षारोपण तथा कार्यक्रमको ब्यानर पढेर सो वडालाई बाल विवाह मुक्त वडा घोषणा गरे । 


    घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री साहले मधेशमा विकृतिको रुपमा देखापरेको बाल विवाह अन्त्यका लागि वडा ५ ले गरेको प्रयास सराह्निय रहेको भन्दै यसबाट अन्य वडाले पनि सिकाई गर्नु पर्ने बताए । 
    ५ सय ६० घरधुरी भएको यस वडामा गत आर्थिक बर्षमा ३० वटा बिवाह भएको र २० वर्ष लागू भए यता नयाँ नियम अनुसार ५ वटा बालबिवाह मात्र भएको तथ्याङ्क अनुसार यस वडा बाल बिवाह मुक्त घोषणा गरिएको वडा अध्यक्ष समीर कुमार झाले बताए ।
    वालबिवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष समिर ले २० बर्ष पूरा नगरी विवाह गर्नाले बच्चा र आमा को प्रजनन अंगको बिकास नभएकोले दुबै जान खतरामा पर्ने भएकोले कलिलो उमेर विवाह गर्न नहुने बताए ।


    वालविवाह गर्नले वडा कार्यालयबाट पाउने सेवा सुबिधा नपाउने साथै त्यस परिवार कुनै पनि सदस्यहरूले बृद्व तथा समाजिक सुरक्षा भत्ता र शैक्षिक छात्रबृतिबाट बन्चित गर्ने बताए ।
    “बाल विवाह, जिन्दगी तबाह” नाराका साथ सुरु भएको घोषणा सभामा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, प्रध्यानापक अरुण कुमार झा, सामुदायिक प्रहरी सेवा मञ्चका अध्यक्ष हितनारायणलाल दास, वडा सदस्य पार्थाे सरकार, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रयाग यादब, युवा नेता लक्ष्मण यादब, सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक केदार साह, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, पबि माबि बाल क्लवका अध्यक्ष नेहा मिश्रा, बाल संजालका अनिषा ठाकुर लगायतले बालविवाह मुक्त वडा घोषणा सँगै यसको कार्यान्वयन र निरन्तरता दिनुपर्नेमा भन्दै शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न
शैक्षिक सुधार बारे अन्तरक्रिया सम्पन्न
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
आगलागिमा ज्यान गुमाएका परिवारलाई राहत
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
सांसद चन्दा चौधरीले सप्तरीका सहिद  र घाइते परिवारको अवस्था बुझे
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
एकै रात दुई पसलमा लाखौंको चोरी
एकै रात दुई पसलमा लाखौंको चोरी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
नगरपालिकाको निर्णय बिरुद्ध प्रमुख प्रशासकीय अधिकृतद्वारा अदालतमा उत्प्रेशन रिट दायर, जनप्रतिनिधिले अधिकृत गुरुङको निवासमा गरे तालाबन्दी
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित