दैनिक समाचारदाता
राजविराज, २४ असार ।
एक बालिकालाई बलात्कार गर्न सघाएको आरोपमा काकी पर्ने महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
चिसो पेय पदार्थमा रक्सी मिसाएर १४ वर्षिया बालिकालाई बलात्कार गर्न बातावरण बनाइदिएको आरोपमा मंगलबार पीडित बालिकाकी ३५ वर्षिया काकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको नाउँ भने प्रहरीले गोप्य राखेको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाको बभनगामाकट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माविको कोठामा लगेर बलात्कारको बातावरण बनाइदिएको आरोपमा पक्राउ परेकी ती महिलाले विद्यालय भवन निर्माण कम्पनीका मुन्सी तथा विद्यालयकै कार्यालय सहायक शिवशंकर मण्डलबाट आएको रकमको प्रस्तावको प्रलोभनमा परी बलात्कारको बातावरण मिलाइदिएको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।
पीडित बालिकाका अनुसार पारिश्रमिक लिएर विद्यालयबाट सँगै घर फर्किने भन्दै काकीले मुन्सी र विद्यालयका कार्यालय सहायक मण्डल बसेको कोठामा लगेर नास्ता खान लगाउँदै सोही क्रममा नास्ता सँगै दिइएको चिसो पेय पदार्थमा मदिरा मिसाएर उनीहरुले खुवाएर लठ्ठ पारेको र त्यसपछि ढोका बन्द गरेर पालैपालो बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन् । नाम खुल्न नसकेका मुन्सी र विद्यालयका कार्यालय सहायक मण्डल दुबै फरार रहेको प्रहरीले जनाएको छ ।
शुक्रबारको घटना लुकाउन नाताले काकी पर्ने महिलाले बालिकालाई भुतप्रेत लागेको भन्दै अल्मलाउँदै गएपछि प्रहरीसम्म ढिलो गरी घटना आइपुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेष रिमालले बताए ।
यता पीडित बालिकाको सोमबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण गराई बलात्कार घटनामा सलंग्न दुबै जनाको खोजी कार्य तिब्र बनाइएको डिएसपी रिमालले बताए ।
भतिजिको बलात्कार गराउने कार्यमा सघाएकी काकी पक्राउ
सारांश
- चिसो पेय पदार्थमा रक्सी मिसाएर १४ वर्षिया बालिकालाई बलात्कार गर्न बातावरण बनाइदिएको आरोपमा मंगलबार पीडित बालिकाकी ३५ वर्षिया काकी प्रहरीले पक्राउ गरेको हो ।
- पक्राउ परेकी महिलाको नाउँ भने प्रहरीले गोप्य राखेको छ ।
- तिलाठी कोइलाडी गाउँपालिकाको बभनगामाकट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माविको कोठामा लगेर बलात्कारको बातावरण बनाइदिएको आरोपमा पक्राउ परेकी ती महिलाले विद्यालय भवन निर्माण कम्पनीका मुन्सी तथा विद्यालयकै कार्यालय सहायक शिवशंकर मण्डलबाट आएको रकमको प्रस्तावको प्रलोभनमा परी बलात्कारको बातावरण मिलाइदिएको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया