बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 

राजविराज राजविराज
|
बुधबार, जेठ १६, २०८१
|
|
६६ पटक हेरिएको
Shares
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 

सारांश

  •     अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा जिल्लाको एक मात्र सरकारी अस्पतालको स्तरोन्ती र बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अगाडी बढाउन बजेट बिनियोजन गरेको उल्लेख गरेका छन् ।
  •       राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ५० शैयाबाट अब ५ सय शैयामा स्तरोन्नति हुने भएको छ ।
  • यस अस्पतालसहित मुलुकको कर्णाली, पोखरा, पाटन, राप्ती र वि.

नवीनकुमार गुप्ता
राजविराज, १६ जेठ । 

    आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सप्तरी जिल्लाका स्वास्थ्य क्षेत्रको विकासमा केही सुखद रहने छ भने अन्य क्षेत्रको विकासमा शुन्य जस्तै रहको छ । 
    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा जिल्लाको एक मात्र सरकारी अस्पतालको स्तरोन्ती र बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अगाडी बढाउन बजेट बिनियोजन गरेको उल्लेख गरेका छन् । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ५० शैयाबाट अब ५ सय शैयामा स्तरोन्नति हुने भएको छ । यस अस्पतालसहित मुलुकको कर्णाली, पोखरा, पाटन, राप्ती र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा अस्पतालको समेत स्तरोन्नती हुने भएको छ ।
    यसअघि सो अस्पताल संचालन भएको समयदेखी नै ५० शैयामै सीमित छ । तत्कालिन स्वास्थ्य मन्त्री राजेन्द्र महतोले अस्पतालको नयाँ भवन उद्घाटन गरेपछि ३ सय शैयामा संचालन हुने भनिए पनि अस्पतालको स्तरोन्तरी हुन सकेको थिएन । 
    तत्कालिन सगरमाथा अंचल अस्पतालको नामबाट संचालन भएको यस अस्पताल नेपालमा गणतन्त्र स्थापना भएपछि नाम परिवर्तन गरि गजेन्द्र नारायण सिंह अस्पतालमा रुपान्तरण भएको थियो । हाल ५० शैयाको जिल्लाको एक मात्र सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा पनि सो अनुसारको दक्ष जनशक्ति, उपकरण र दरबन्दीको अभाव कायमै रहेको छ । 
    यस्तै बजेट भाषणमै जिल्लाको सबै भन्दा बढी बहुप्रतिष्ठित परियोजना रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट पनि छुट्टयाएको जनाइएको छ ।  
    एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
    प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ मा १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको थियो । जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको थियो भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको थियो । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो । 
    यसअघि जिल्लाकै बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दैै विगत स्थानीयहरुले रिले अनशन समेत गरेका थिए । सोही अनशनप्रति समर्थन गर्दै सप्तरी युथ नेपालले तीन चरणको आन्दोलनको घोषणा पनि गरेको थियो । 
    तर, सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका थिए । उनले प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै सामाजिक संजालमा लेख्दै भनेका छन्, “प्रतिष्ठान निर्माणमा समय किन लाग्दैछ भने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठनादेशको म्याद २५ महिना मात्रै थियो र २०७८ सालमै समाप्त भइसकेको थियो । अर्थात् म निर्वाचित हुनु एक÷डेढ वर्ष अगाडि नै यो परियोजना बन्द भइसकेको थियो किनकी कसैले यसलाई नवीकरण गर्ने पहल गरेनन् ।” 
    सांसद डा. राउतले प्रतिष्ठान सम्बन्धी सबै प्रक्रिया अहिले ’जिरो’ बाट शुरू गर्नु परेको जनाउँदै नयाँ गठनादेश लेखाएर कानून मन्त्रालयबाट पास गरि त्यसलाई अर्थ मन्त्रालयबाट पास गर्दै, मन्त्री परिषद्मा लग्नु परेको उल्लेख गरेका छन् । उनले आफ्नो पहलमा नयाँ गठनादेश ’रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०’ लेखाएको दाबी समेत गरेका छन् । 
    उनले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आ.व. २०७६÷७७ मा ४० करोड बजेट निकासा गरिएपनि उक्त बजेट फ्रिज भएको उल्लेख गरेका छन् । त्यस्तै आ.व. २०७७÷७८ मा ११ करोड बजेट खर्च गर्न नसकेपछि ४ करोड गजेन्द्र नारायण सिंह अस्पतालमा र ६ करोड ५० लाख रकमान्तर गरी अन्यत्र हालिएको तथा आ.व. २०७८÷७९ मा बजेट नरहेको (समितिको म्याद सकेर परियोजना बन्द भइसकेको) जानकारी पनि दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
तिरहुत टाइगर्र्स सप्तरी प्रिमियर लिग सिजन ६ को बिजेता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
हत्याका पाँच फरारआरोपित पक्राउ
हत्याका पाँच फरारआरोपित पक्राउ
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी  पसलको विद्युतीय उपकरण नियन्त्रणमा
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन
राजदेबी टोलमा लाखौको चोरी 
राजदेबी टोलमा लाखौको चोरी 
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
शारिरीक रुपमा असक्त  भएकी पुष्पा पढ्न चाहन्छिन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी