दैनिक समाचारदाता
राजविराज, ५ असार ।
सप्तरी जिल्लामा शुक्रबार एक बालक, एक महिला र दुई पुरुषसहित चारजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ५४ पुगेको छ ।
पछिल्लो पटक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकी ५० बर्षिय महिला, सोही नगरपालिकाको ११ बर्षिय बालक र १६ बर्षिय किशोर तथा ४० बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि सप्तरीमा ५७ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।
यता शुक्रबार मुलुकभरी थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।
शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् भने हालसम्म १ हजार ४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सारांश
- पछिल्लो पटक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकी ५० बर्षिय महिला, सोही नगरपालिकाको ११ बर्षिय बालक र १६ बर्षिय किशोर तथा ४० बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
- यसअघि सप्तरीमा ५७ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
- रन्जित झाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया