दैनिक समाचारदाता
राजविराज, ५ असार ।
सप्तरी जिल्लामा शुक्रबार एक बालक, एक महिला र दुई पुरुषसहित चारजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ५४ पुगेको छ ।
पछिल्लो पटक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकी ५० बर्षिय महिला, सोही नगरपालिकाको ११ बर्षिय बालक र १६ बर्षिय किशोर तथा ४० बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि सप्तरीमा ५७ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् ।
यता शुक्रबार मुलुकभरी थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।
शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् भने हालसम्म १ हजार ४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सारांश
- पछिल्लो पटक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकी ५० बर्षिय महिला, सोही नगरपालिकाको ११ बर्षिय बालक र १६ बर्षिय किशोर तथा ४० बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
- यसअघि सप्तरीमा ५७ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
- रन्जित झाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया