सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती

राजविराज राजविराज
|
शुक्रबार, पौष २७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती

सारांश

  •     अध्यक्षमा उप्रेती निर्वाचित भएपछि पहलो पटक सप्तरी जिल्लाको विभिन्न सहकारी संस्थाहरुको निरिक्षण एवं अवलोकन गर्ने क्रममा उनले सो सहयोग गर्ने बताएका हुन् ।
  •     राष्ट्रिय सहकारी बैंक राजविराजमा शाखामा शुक्रबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले सप्तरीका सहकारी संस्थाहरुले गरिरहेको काम सहनिय रहेको भन्दै सहकारीको विकासमा आफूले आफ्नो कार्यकालमा प्रयास गर्ने प्रतिबद्धता समेत जनाए ।
  •       उनीसँगै संचालक समितिको सदस्यमा निर्वाचित विश्वनाथ मण्डलले सप्तरीका सहकारीहरुले देखाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै आउँदो दिनमा सहकारी अभियानलाई अझ निरन्तरताका साथ लैजाने प्रतिबद्धता जनाए ।

दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
    राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष केबी उप्रेतीले सप्तरीका सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने बताएका छन् । 
    अध्यक्षमा उप्रेती निर्वाचित भएपछि पहलो पटक सप्तरी जिल्लाको विभिन्न सहकारी संस्थाहरुको निरिक्षण एवं अवलोकन गर्ने क्रममा उनले सो सहयोग गर्ने बताएका हुन् ।
    राष्ट्रिय सहकारी बैंक राजविराजमा शाखामा शुक्रबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले सप्तरीका सहकारी संस्थाहरुले गरिरहेको काम सहनिय रहेको भन्दै सहकारीको विकासमा आफूले आफ्नो कार्यकालमा प्रयास गर्ने प्रतिबद्धता समेत जनाए । 
    उनीसँगै संचालक समितिको सदस्यमा निर्वाचित विश्वनाथ मण्डलले सप्तरीका सहकारीहरुले देखाएको सद्भाव र सहयोगप्रति आभार व्यक्त गर्दै आउँदो दिनमा सहकारी अभियानलाई अझ निरन्तरताका साथ लैजाने प्रतिबद्धता जनाए । 
    यसैबीच राष्ट्रिय सहकारी बैंक राजविराज शाखाले अध्यक्ष उप्रेती र सदस्य मण्डललाई सम्मान समेत गरेको छ । सो अवसरमा जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
    यसैबीच शुक्रबारै नवनिर्वाचित अध्यक्ष उप्रेती र सदस्य मण्डललाई आइडिएल सहकारी संस्था, जनज्योती कृषि सहकारी संस्था, नेपाल सहकारी संस्था, माँ सख्डेश्वरी सहकारी संस्था, ग्लोबल सहकारी संस्था, मनोकामना सहकारी संस्था फत्तेपुर, संकटमोचन सहकारी संस्था लगायतले छट्टाछुट्टै सम्मान गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?