पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु

राजविराज राजविराज
|
बिहिबार, माघ २२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु

सारांश

  •     माघ २५ गते देखी जिल्लामा संचालन हुने उक्त रोग बिरुद्धको खोप अभियानबारे सरोकारवाला तथा सञ्चारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले विहीवार जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
  •     कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सतिश कुमार यादवले सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत उक्त रोग नियन्त्रणको प्रयास थालेको बताउँदै यसका लागी सप्तरीमा २०८२ माघ २५ देखी फागुन १० गते सम्म दुई चरणमा पाठेघर मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप अभियान संचालन हुन लागेको जानकारी दिए ।
  •       जिल्लामा विद्यालय, स्वास्थ्य संस्था तथा बाह्य गरी ५ सय ८० खोप केन्द्रबाट ९ हजार ७ सय ८९ जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।

    पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । 
    माघ २५ गते देखी जिल्लामा संचालन हुने उक्त रोग बिरुद्धको खोप अभियानबारे सरोकारवाला तथा सञ्चारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले विहीवार जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
    कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सतिश कुमार यादवले सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत उक्त रोग नियन्त्रणको प्रयास थालेको बताउँदै यसका लागी सप्तरीमा २०८२ माघ २५ देखी फागुन १० गते सम्म दुई चरणमा पाठेघर मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप अभियान संचालन हुन लागेको जानकारी दिए । 
    जिल्लामा विद्यालय, स्वास्थ्य संस्था तथा बाह्य गरी ५ सय ८० खोप केन्द्रबाट ९ हजार ७ सय ८९ जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाई छ । 
    विश्व स्वास्थ्य संगठनका प्रतिनीधी सरला न्यौपानेले उक्त खोप अभियान बिद्यालय नजाने १० वर्षको किशोरी तथा विद्यालयमा कक्षा ६ मा अध्यनरत सबै किशोरीलाई प्रदान गरिने जानकारी दिइन । 
    गत आर्थिक वर्षको अभियानमा छुट भएका कक्षा ७ देखी १० कक्षमा अध्यनरत छात्रा तथा विद्यालय न जाने ११ वर्ष देखी १४ वर्षका किशोरीलाई समेत उक्त खोप प्रदान गरिने उनको भनाइ छ ।     जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख अथित्यमा आयोजित कार्यक्रममा गजेन्द्र नारायण सिह अस्पतालका प्रमुख डा.अवधेश मिश्रा, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव, पब्लिक हेल्थ नर्स अम्बिका ओली लगायतले पाठेघर मुख क्यान्सर रोग न्यूनिकरणका लागी थालिएको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
जसपाद्वारा सुख्खा क्षेत्र घोषणाको मागसहित  प्रधानमन्त्रीलाई सात बुँदे ज्ञापनपत्र
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पाँच लाख बढीको भन्सार छलेको समान बरामद
पाँच लाख बढीको भन्सार छलेको समान बरामद
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो