दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
बहुविवाह मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतको आदेशमा कैद भुक्तान गर्न कारागार चलान गरेको छ ।
सिरहाको लहान नगरपालिका वडा नं. २३ माइती भएकी २१ वर्षिया पुनिता कुमारी चौधरीले बहुविवाह गरेको भन्दै २०७६ भदौं ८ गते सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ७ निवासी २८ वर्षिय उमेश चौधरी बिरुद्ध जाहेरी दिएकी थिइन् ।
प्रहरीका अनुसार जाहेरीपछि पक्राउ परेका चौधरीलाई २०७६ भदौं ३० गते सप्तरी जिल्ला अदालतको आदेशले ५० हजार धरौटी रकम माग गरेको थियो । उक्त धरौटी रकम तिरी तारेखमा छुटेका चौधरीलाई २०७६ पुस ८ गते अदालतको आदेशले ५ हजार जरिवाना र ११ महिना १२ दिन कैदको फैसला गरेको थियो ।
फैसला लगत्तै फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय कडरवोनावाट खटिएका प्रहरी टोलीले २०७७ फागुन १ गते घरबाटै पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चौधरीलाई फागुन २ गते जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिएका छन् ।
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान
सारांश
- सिरहाको लहान नगरपालिका वडा नं.
- २३ माइती भएकी २१ वर्षिया पुनिता कुमारी चौधरीले बहुविवाह गरेको भन्दै २०७६ भदौं ८ गते सप्तरीको सुरुङगा नगरपालिका वडा नं.
- ७ निवासी २८ वर्षिय उमेश चौधरी बिरुद्ध जाहेरी दिएकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया