दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट राजविराज नगरपालिकाको बारुणयन्त्र र एम्बुलेन्सदेखि फोहर मैला उठाउने टिपर र ट्याक्टर सम्म नष्ट भएको छ । जसकारण विगत ६ दिन देखि फोहर उठ्न नसक्दा नगर दुर्गन्धित बन्न थालेको छ ।
कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा सोमबार सरोकारबाला निकायका प्रतिनिधि समेत राखेर बसेको बैठकले नगरक्षेत्रमा विशेष सरसफाई अभियान चलाउने निर्णय गरेको छ । उनले उक्त विशेष सरसफाई अभियानमा सरिक हुन सबैसंग आग्रह समेत गरेकी छिन् ।
यता जिल्लामै सर्वाधिक क्षति ब्यहोरेको राजविराज नगरपालिकाले कार्यालयबाट लुटिएका र चोरी गरी लगिएका सामानहरु तुरुन्त फिर्ता गर्न अपिल पनि गरिएको छ ।
नगरपालिका कार्यालयले सोमबार एक सूचना जारी गर्दे यस्तो अपिल गरेको हो । प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्दवंशीद्वारा जारी सूचनामा गत मंगलबार प्रदर्शनकारीको हुलमा मिसिएका केही व्यक्तिद्वारा ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, मनिटर, साउण्ड सिस्टम, गाडीका पार्टपुर्जा विद्युतीय उपकरण लगायतका सम्पती लुटपाट भएको उल्लेख छ ।
नगरपालिकाले आगजनी र तोडफोड संगै लुटपाट र चोरीमा संलग्न व्यक्तिहरुको फोटो र भिडियो सीसीटिभी क्यामरामा कैद भएको तथा सामाजिक सञ्जालहरु मार्फत समेत सार्वजनिक भइसकेकाले अविलम्ब लुटेर तथा चोरेर लगेका सार्वजनिक सम्पति फिर्ता ल्याउन सूचना मार्फत अपिल गरेको छ ।
कार्यवाहक नगरप्रमुख इसरत प्रवीणले जनताकै करबाट बनेका संरचना र सार्वजनिक सम्पति जलाउनु र चोरेर लानु अपराध भएको बताईन् ।
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
सारांश
- कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा सोमबार सरोकारबाला निकायका प्रतिनिधि समेत राखेर बसेको बैठकले नगरक्षेत्रमा विशेष सरसफाई अभियान चलाउने निर्णय गरेको छ ।
- उनले उक्त विशेष सरसफाई अभियानमा सरिक हुन सबैसंग आग्रह समेत गरेकी छिन् ।
- यता जिल्लामै सर्वाधिक क्षति ब्यहोरेको राजविराज नगरपालिकाले कार्यालयबाट लुटिएका र चोरी गरी लगिएका सामानहरु तुरुन्त फिर्ता गर्न अपिल पनि गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया