फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने

राजविराज राजविराज
|
सोमबार, भाद्र ३०, २०८२
|
|
७४ पटक हेरिएको
Shares
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने

सारांश

  •     कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा सोमबार सरोकारबाला निकायका प्रतिनिधि समेत राखेर बसेको बैठकले नगरक्षेत्रमा विशेष सरसफाई अभियान चलाउने निर्णय गरेको छ ।
  • उनले उक्त विशेष सरसफाई अभियानमा सरिक हुन सबैसंग आग्रह समेत गरेकी छिन् ।
  •       यता जिल्लामै सर्वाधिक क्षति ब्यहोरेको राजविराज नगरपालिकाले कार्यालयबाट लुटिएका र चोरी गरी लगिएका सामानहरु तुरुन्त फिर्ता गर्न अपिल पनि गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।

    जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट राजविराज नगरपालिकाको बारुणयन्त्र र एम्बुलेन्सदेखि फोहर मैला उठाउने टिपर र ट्याक्टर सम्म नष्ट भएको छ । जसकारण विगत ६ दिन देखि फोहर उठ्न नसक्दा नगर दुर्गन्धित बन्न थालेको छ ।
    कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा सोमबार सरोकारबाला निकायका प्रतिनिधि समेत राखेर बसेको बैठकले नगरक्षेत्रमा विशेष सरसफाई अभियान चलाउने निर्णय गरेको छ । उनले उक्त विशेष सरसफाई अभियानमा सरिक हुन सबैसंग आग्रह समेत गरेकी छिन् । 
    यता जिल्लामै सर्वाधिक क्षति ब्यहोरेको राजविराज नगरपालिकाले कार्यालयबाट लुटिएका र चोरी गरी लगिएका सामानहरु तुरुन्त फिर्ता गर्न अपिल पनि गरिएको छ ।
    नगरपालिका कार्यालयले सोमबार एक सूचना जारी गर्दे यस्तो अपिल गरेको हो । प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्दवंशीद्वारा जारी सूचनामा गत मंगलबार प्रदर्शनकारीको हुलमा मिसिएका केही व्यक्तिद्वारा ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, मनिटर, साउण्ड सिस्टम, गाडीका पार्टपुर्जा विद्युतीय उपकरण लगायतका सम्पती लुटपाट भएको उल्लेख छ ।
    नगरपालिकाले आगजनी र तोडफोड संगै लुटपाट र चोरीमा संलग्न व्यक्तिहरुको फोटो र भिडियो सीसीटिभी क्यामरामा कैद भएको तथा सामाजिक सञ्जालहरु मार्फत समेत सार्वजनिक भइसकेकाले अविलम्ब लुटेर तथा चोरेर लगेका सार्वजनिक सम्पति फिर्ता ल्याउन सूचना मार्फत अपिल गरेको छ ।
    कार्यवाहक नगरप्रमुख इसरत प्रवीणले जनताकै करबाट बनेका संरचना र सार्वजनिक सम्पति जलाउनु र चोरेर लानु अपराध भएको बताईन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा 
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी   
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल
श्रमिकहरुको श्रमको सम्मान गर्नुपर्छ ः अध्यक्ष मण्डल
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट
सप्तरीमा भारु नोटको मुल्य घट्यो कम मुल्यमा साटिदै नोट