दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
सप्तरीको कंचनपुर नगर अस्पतालमा एक महिना यता डेंगुका १३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् ।
कंचनपुर नगर अस्पतालका सहइन्चार्ज डम्बर गुप्ताका अनुसार उपचारका लागि एक महिना यता आएका बिरामी मध्ये परिक्षणका क्रममा १३ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ ।
यसरी संक्रमित देखिएका मध्ये ११ जना कंचनरुप नगरपालिका कै छन् । यस्तै सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिकामा १÷१ जनामा डेंगुको संक्रमण देखिएको छ ।
संक्रमित १३ जना मध्ये ६ जना उपचार पश्चात् बुधबारसम्म घर फर्किएको र सात जना अझै उपचारकै क्रममा रहेको उनको भनाई छ ।
डेंगु रोगबाट संक्रमित हुनेमा कंचनरुप वडा नं. ९ का वडाअध्यक्ष रामसुन्दर यादवसहित ४ जना पुरुष, वडा नं. १० का एक जना पुरुष, वडा नं. १२ का दुई महिला, वडा नं. ७ का एक वर्षिय बालक, वडा नं. ६ का एक पुरुष, वडा नं. ४ र ५ का एक÷एक महिला छन् ।
देशभर डेंगु रोगका बिरामी बढ्दै गएको बेला कंचनपुरमा पनि डेंगुका बिरामी फेला पर्न थालेपछि स्वास्थ्य सर्तकता अपनाइएको तथा सो रोगबाट बच्न विभिन्न सचेतनामूलक प्रयासहरु थालिएको नगर अस्पतालले जनाएको छ ।
कंचनपुरमा १३ जना डेंगुका बिरामी
सारांश
- कंचनपुर नगर अस्पतालका सहइन्चार्ज डम्बर गुप्ताका अनुसार उपचारका लागि एक महिना यता आएका बिरामी मध्ये परिक्षणका क्रममा १३ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको छ ।
- यसरी संक्रमित देखिएका मध्ये ११ जना कंचनरुप नगरपालिका कै छन् ।
- यस्तै सप्तकोशी र हनुमाननगर कंकालिनी नगरपालिकामा १÷१ जनामा डेंगुको संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया