दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राज्यबाट आफूले पाउने तलव भत्ता मध्ये दुई दिन बराबरको तलब भत्ता राष्ट्र पुनर्निमाण कोषमा दिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको पहलमा मंगलबार जनप्रतिनिधि तथा कर्मचारीहरुको बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष चौधरीले जेनजी आन्दोलनका क्रममा भएको अकल्पनिय क्षतिलाई पुर्ती गर्न र पुनर्निमाणमा सहयोग गर्ने उद्देश्यका साथ आफूहरुले राज्यबाट पाउने तलव भत्ता मध्येबाट दुई दिनको कटाएर जम्मा हुन आएको कूल ५ लाख ५१ हजार रुपैयाँ राष्ट्र पुनर्निमाण कोषमा जम्मा गर्ने सर्व सम्मत निर्णय भएको बताए ।
बैठकले जेनजी आन्दोलका क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धान्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह प्रति अटल रहि पुनर्निमाण तथा विकास यात्रामा सक्रियताका साथ अघि बढने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
सारांश
- गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको पहलमा मंगलबार जनप्रतिनिधि तथा कर्मचारीहरुको बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
- अध्यक्ष चौधरीले जेनजी आन्दोलनका क्रममा भएको अकल्पनिय क्षतिलाई पुर्ती गर्न र पुनर्निमाणमा सहयोग गर्ने उद्देश्यका साथ आफूहरुले राज्यबाट पाउने तलव भत्ता मध्येबाट दुई दिनको कटाएर जम्मा हुन आएको कूल ५ लाख ५१ हजार रुपैयाँ राष्ट्र पुनर्निमाण कोषमा जम्मा गर्ने सर्व सम्मत निर्णय भएको बताए ।
- बैठकले जेनजी आन्दोलका क्रममा शहादत प्राप्त गरेका शहिदहरुप्रति श्रद्धान्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाह प्रति अटल रहि पुनर्निमाण तथा विकास यात्रामा सक्रियताका साथ अघि बढने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया