दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
नेवि संघ सप्तरीले गजेन्द्र नारायण सिंह अस्पतालको बेतिथि, भ्रष्टाचार, कर्मचारी र डाक्टरको लापरवाहीले गर्दा दिनानुदिन जनताले पाउनु पर्ने सेवा सुविधामा लापरवाही भइरहेको आरोप लगाएको छ ।
नेवि संघका जिल्ला अध्यक्ष रोकश ठाकुरले आइतबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अवधेश मिश्रलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख गर्दै अस्पताल सुधारका लागि चार बुँदे माग उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा सुविधा सम्बन्धी तीन महिनाको सम्पूर्ण जानकारी उपलब्ध गराउन, अस्पतालको डाक्टरहरु सरकारी समयअनुसार १० बजेदेखी २ बजेसम्म बस्नु पर्ने समयमा नबसी प्राइभेट क्लिनिकहरुमा बस्दै गरेकोमा त्यसलाई सुधार गर्नु पर्ने, ज्यालादारी, करार कर्मचारीहरुको संख्या र सोको अवस्था र नयाँ पुरानो बारेमा तीन दिनभित्र सम्पूर्ण जानकारी उपलब्ध तथा नाइट डियुटीको समयमा डाक्टरहरुको उपस्थिति नहुनु र गाइनोमा डाक्टर राती नहरनुको कारणसहित जानकारी गराउन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।
तीन दिन भित्र ती सुझावहरुलाई सुधार नगरिए नेवि संघ सशक्त संघर्ष गरि आन्दोलनमा जाने अस्पताल प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
सारांश
- नेवि संघका जिल्ला अध्यक्ष रोकश ठाकुरले आइतबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अवधेश मिश्रलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख गर्दै अस्पताल सुधारका लागि चार बुँदे माग उल्लेख गरिएको छ ।
- सामाजिक सुरक्षा सुविधा सम्बन्धी तीन महिनाको सम्पूर्ण जानकारी उपलब्ध गराउन, अस्पतालको डाक्टरहरु सरकारी समयअनुसार १० बजेदेखी २ बजेसम्म बस्नु पर्ने समयमा नबसी प्राइभेट क्लिनिकहरुमा बस्दै गरेकोमा त्यसलाई सुधार गर्नु पर्ने, ज्यालादारी, करार कर्मचारीहरुको संख्या र सोको अवस्था र नयाँ पुरानो बारेमा तीन दिनभित्र सम्पूर्ण जानकारी उपलब्ध तथा नाइट डियुटीको समयमा डाक्टरहरुको उपस्थिति नहुनु र गाइनोमा डाक्टर राती नहरनुको कारणसहित जानकारी गराउन ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।
- तीन दिन भित्र ती सुझावहरुलाई सुधार नगरिए नेवि संघ सशक्त संघर्ष गरि आन्दोलनमा जाने अस्पताल प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया