वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

राजविराज राजविराज
|
बिहिबार, आश्विन २५, २०८०
|
|
४० पटक हेरिएको
Shares
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

सारांश

  •     राजविराजस्थित डिभिजन वन कार्यालय सप्तरीको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरि समितिका नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण तथा पदभार ग्रहण गराइएको हो ।
  •       मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको मन्त्रिस्तरिय निर्णयबाट गठन भएको तीन सदस्यीय समितिको अध्यक्षमा जयनारायण यादव तथा सदस्यहरुमा उषाकुमारी मण्डल र मनोज देव रहेका छन् ।
  • अध्यक्ष यादव लोसपा सप्तरीका सहसचिव हुन भने सदस्य मण्डल लोसपाका केन्द्रिय सदस्य तथा छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।

    मधेश प्रदेश सरकारद्वारा नवनियुक्त जिल्ला वन पैदावार आपूर्ती समितिका पदाधिकारीहरुलाई बिहीबार एक कार्यक्रमबीच प्रमाणपत्र बितरण तथा पदभार ग्रहण गराइएको छ । 
    राजविराजस्थित डिभिजन वन कार्यालय सप्तरीको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरि समितिका नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र बितरण तथा पदभार ग्रहण गराइएको हो । 
    मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको मन्त्रिस्तरिय निर्णयबाट गठन भएको तीन सदस्यीय समितिको अध्यक्षमा जयनारायण यादव तथा सदस्यहरुमा उषाकुमारी मण्डल र मनोज देव रहेका छन् । अध्यक्ष यादव लोसपा सप्तरीका सहसचिव हुन भने सदस्य मण्डल लोसपाका केन्द्रिय सदस्य तथा छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । 
    नवनियुक्त पदाधिकारीहरुलाई डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहले प्रमाणपत्र बितरण तथा फुलमाला लगाएर पदभार ग्रहण गराए । वन क्षेत्रको संरक्षण बिस्तार, वन पैदावारको सहज आपूर्ती तथा न्यायोचित बितरण गर्ने उद्देश्यका साथ आफूहरुले काम गर्ने नवनियुक्त पदाधिकारीहरुले प्रतिबद्धता समेत जनाए । 
    कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लासपा) का राष्ट्रिय उपाध्यक्ष जयप्रकाश ठाकुर, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव, लोसपाका बिनोद मण्डल लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सद्भाव कायम राख्न आग्रह    
सामाजिक सद्भाव कायम राख्न आग्रह    
प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 
प्रहरीद्वारा गाँजा फडानी गरी नष्ट 
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
शिक्षकको अभाव रहेको भन्दै वडा र विद्यालय कार्यालय कोठामा तालाबन्दी,  गाउँपालिका अध्यक्षले शिक्षकको पदपूर्ती गर्ने प्रतिबद्धतापछि ताला खोलिए
बरख गणद्वारा न्यानो कपडा वितरण
बरख गणद्वारा न्यानो कपडा वितरण
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै 
जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै 
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
जिल्ला बार एशोसिएशनको अध्यक्षमा  कामेश्वर यादव निर्वाचित
जिल्ला बार एशोसिएशनको अध्यक्षमा  कामेश्वर यादव निर्वाचित