दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ४ स्थित भथौलमा सोमबार शिवशनि मन्दिरको शिलान्यास गरिएको छ ।
गाउँपालिकाको ३ लाखको लागतमा निर्माण हुन लागेको सो मन्दिरको प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश २ कै आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
सो अवसरमा मन्त्री साहले प्रदेश २ का ८० प्रतिशत जनता कृषिमै निर्भर रहेकाले आफू कृषि मन्त्री हुँदाको प्रयासका कारण राजविराजमा कृषि विश्वविद्यालयको अवधाराणा ल्याएको स्पष्ट पारे ।
कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले वर्षायाममा एम्बुलेन्स समेत पुग्न नसकिने भएकोले बाटो निर्माणका लागि पहल गरि दिन मन्त्री साह संग आग्रह गरे ।
गाउँपालिकाका अध्यक्ष हरेराम यादवले रुपनी गाउँपालिकाको वडा नं. २ पौंवा देखि वडा नं. ४ छपकी भथौल सम्मको बाटो निर्माणमा सहयोग गरिदिन मन्त्री साहसंग आग्रह गरे ।
यसैबीच मन्त्री साहले वडा नम्बर ४ स्थित आधारभूत विद्यालय छपकी भथौलको निरिक्षण पनि गरे ।
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
सारांश
- गाउँपालिकाको ३ लाखको लागतमा निर्माण हुन लागेको सो मन्दिरको प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश २ कै आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
- सो अवसरमा मन्त्री साहले प्रदेश २ का ८० प्रतिशत जनता कृषिमै निर्भर रहेकाले आफू कृषि मन्त्री हुँदाको प्रयासका कारण राजविराजमा कृषि विश्वविद्यालयको अवधाराणा ल्याएको स्पष्ट पारे ।
- कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले वर्षायाममा एम्बुलेन्स समेत पुग्न नसकिने भएकोले बाटो निर्माणका लागि पहल गरि दिन मन्त्री साह संग आग्रह गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया