दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
पुस्तौदेखि विटौरी र ब्लक जग्गामा बसोवास गर्दै आएका राजविराज नगरपालिकाका नागरिकको तर्फबाट गठित संघर्ष समितिले शुक्रवार पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोगका लागि आग्रह सहित अनुरोध पत्र बुझाएका छन् ।
जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियानका क्रममा शुक्रवार राजविराज आईपुगेका उनलाई संघर्ष समितिले अनुरोध पत्र बुझाएका हुन् ।
संघर्ष समितिका संयोजक ईरसाद अन्सारीद्धारा बुझाइएको अनुरोध पत्रमा मुलुककै पुरानो मध्येका एक राजविराज नगरपालिकाको स्थापनाकालदेखि नै बसोवास गर्दै आएका ५ हजारभन्दा बढी नागरिकले अझै लालपुर्जा पाउन नसक्दा समस्यामा परेको उल्लेख छ ।
पत्रमा विटौरी रसिदका आधारमा भोगचलन गर्दै आएको उक्त जग्गालाई लालपुर्जा नहुँदा बैंक तथा वित्तिय संस्थाले धितो नराख्ने तथा अन्य विभिन्न वाधा व्यवधान उत्पन्न हुने गरेका कारण नगरवासी पुस्तौदेखि पिडित रहँदै आएको उल्लेख छ । हाल चरणबद्ध आन्दोलनमा रहेको संघर्ष समितिले आफ्ना सात बुँदे माग र एक महिने लामो आन्दोलन कार्यक्रमको विवरण सहित बुझाएको अनुरोध पत्रमा आवश्यक पहल र सहयोगका लागि अनुरोध गरिएको छ ।
अनुधरो पत्र बुझ्दै अध्यक्ष प्रचण्डले राजविराज नगरवासीको जायज माग पुरा गराउन आफुले आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डलाई संघर्ष समितिको अनुरोध पत्र
सारांश
- जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित मधेश जागरण अभियानका क्रममा शुक्रवार राजविराज आईपुगेका उनलाई संघर्ष समितिले अनुरोध पत्र बुझाएका हुन् ।
- संघर्ष समितिका संयोजक ईरसाद अन्सारीद्धारा बुझाइएको अनुरोध पत्रमा मुलुककै पुरानो मध्येका एक राजविराज नगरपालिकाको स्थापनाकालदेखि नै बसोवास गर्दै आएका ५ हजारभन्दा बढी नागरिकले अझै लालपुर्जा पाउन नसक्दा समस्यामा परेको उल्लेख छ ।
- पत्रमा विटौरी रसिदका आधारमा भोगचलन गर्दै आएको उक्त जग्गालाई लालपुर्जा नहुँदा बैंक तथा वित्तिय संस्थाले धितो नराख्ने तथा अन्य विभिन्न वाधा व्यवधान उत्पन्न हुने गरेका कारण नगरवासी पुस्तौदेखि पिडित रहँदै आएको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया