ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १६, २०७९
|
|
२८ पटक हेरिएको
Shares
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे

सारांश

  •     ट्याङकरबाट डिजल चोरेर बेच्ने सप्तरीको कञ्चनरुप नगरपालिका ९ बस्ने २९ को नबराज भुजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
  •       यस्तै चोरीको डिजल खरीद गर्ने खडक ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह ५ लाख तथा ट्याङकर चालक कञ्चनरुप ९ का ४५ वर्षिय बिनोद कुमार भुजेल १ लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       गत माघ ११ गते बिहान नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट को.

दैनिक समाचारदाता
राजविराज, १६ फागुन । 

    ट्याङकरबाट डिजल चोरी घटनामा संलग्न रहेका मध्येबाट एक जनालाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।  
    ट्याङकरबाट डिजल चोरेर बेच्ने सप्तरीको कञ्चनरुप नगरपालिका ९ बस्ने २९ को नबराज भुजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन् । 
    यस्तै चोरीको डिजल खरीद गर्ने खडक ७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षिय श्याम कुमार साह ५ लाख तथा ट्याङकर चालक कञ्चनरुप ९ का ४५ वर्षिय बिनोद कुमार भुजेल १ लाख धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    गत माघ ११ गते बिहान नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट को.१ख. ३६५५ नम्बरको टयाङकरमा २० हजार लिटर डिजल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा सोही दिन साँझ ट्याङकर चोरी भएको थियो । 
    उक्त ट्याङकर माघ १५ गते बिहान ९ बजेतिर जिल्लाकै शम्भुनाथ नगरपालिका वडा नं. २ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको उनले बताए । फेला परेको ट्याङकर चेक जाँच गर्दा ५ वटा च्याम्बरमा रहेको ४ हजार लिटरको दरले २० हजार लिटर डिजल मध्ये ४ वटा च्याम्बर खाली रहेको र एक वटा च्याम्बरमा मात्र डिजल रहेको थियो ।
    प्रहरीले माघ १६ गते उनीहरुलाई नियन्त्रणमा लिई चोरी मुद्दा शिर्षक अन्तर्गत मुद्दा चलाएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
यात्रु प्रतिक्षालय हस्तान्तरण
यात्रु प्रतिक्षालय हस्तान्तरण
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु  
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका 
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका