पोषणको अबस्थामा सुधार ल्याउन गर्भवती, सुत्केरीलाई कुखुरा बितरण 

राजविराज राजविराज
|
सोमबार, जेठ २०, २०७६
|
|
६८ पटक हेरिएको
Shares

सारांश

  •     बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका वडा नम्वर ६, १० र १३ मा ६० जनाका दरले तीन वटै वडामा १ सय ८० गर्भवती तथा सुत्केरी महिलालाई कुखुरासहित, बिउबिजन, सरसफाईका सामग्री बितरण गरिएको हो ।
  •     नगरपालिकाको सात वटै बिषयगत शाखाद्वारा आयोजित बहुक्षेत्रिय पोषणा कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका गर्भवती तथा सुत्केरी महिलाहरू दिएको एकिकृत तालिम पश्चात् उनीहरूलाई कुखुरा, बिउबिजन तथा सरसफाईका समाग्री बितरण गरिएको समाजिक शाखा प्रमुख मनोज कुमार यादबले जानकारी दिएका छन् ।
  •     नगरपालिकाको पशुपंक्षी शाखावाट ८ हप्ते डुवल कुखुराको उन्नत जातको गिरीराज कुखुरा, कृषि शाखाले बिउबिजन तथा मेवाको वोट र खानेपानी शाखावाट हात धुने सरसफाई सामग्रीहरू प्लाष्टिक वाल्टिन, मग, साबुन, साबुनदानी, तौलिया बितरण गरिएको नगरपालिका शाखा अधिकृत यादबले बताए ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 
    राजबिराज नगरपालिकाले विभिन्न वडामा सुनौलो हजार दिनका गर्भवती महिलालाई पोषणको अबस्थामा सुधार ल्याउन कुखुरासहितका विभिन्न समाग्रीहरू बितरण गरेको छ ।
    बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका वडा नम्वर ६, १० र १३ मा ६० जनाका दरले तीन वटै वडामा १ सय ८० गर्भवती तथा सुत्केरी महिलालाई कुखुरासहित, बिउबिजन, सरसफाईका सामग्री बितरण गरिएको हो ।
    नगरपालिकाको सात वटै बिषयगत शाखाद्वारा आयोजित बहुक्षेत्रिय पोषणा कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका गर्भवती तथा सुत्केरी महिलाहरू दिएको एकिकृत तालिम पश्चात् उनीहरूलाई कुखुरा, बिउबिजन तथा सरसफाईका समाग्री बितरण गरिएको समाजिक शाखा प्रमुख मनोज कुमार यादबले जानकारी दिएका छन् ।
    नगरपालिकाको पशुपंक्षी शाखावाट ८ हप्ते डुवल कुखुराको उन्नत जातको गिरीराज कुखुरा, कृषि शाखाले बिउबिजन तथा मेवाको वोट र खानेपानी शाखावाट हात धुने सरसफाई सामग्रीहरू प्लाष्टिक वाल्टिन, मग, साबुन, साबुनदानी, तौलिया बितरण गरिएको नगरपालिका शाखा अधिकृत यादबले बताए ।
    बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत डुवल कुखुरा सुत्केरी, गर्भवती महिलाहरूलाई गिरीराज जातको उन्नत कुखुराको ३ थान पोथी र २ थान भाले गरी ५ थान, करेसावारीका लागि तरकारी सेट गाजर, फर्सी, चन्सुर, रायो, लटे, भिन्डीको बिउबिजन, मेवाको बोट दुई थान, खानेपानीका लागि वाल्टिन सहितका सामग्री बितरण गरिएको नगरस्तरिय पोषण खाध सुरक्षा निर्देशक समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष सुर्दशन सिँहले जानकारी दिए ।
    सुनौलो हजार दिनका महिलाहरूलाई पोषणाको अबस्थामा सुधार सँगै कुपोषित बालबालिका हुन नदिन र जोगाउनका लागि पोषण समाग्री बितरण गरिएको सिह बताए ।
    बितरण गरिएको उन्नत जातको कुखुराले दैनिक रूपमा एक बर्ष सम्म अण्डा दिने भएकोले दैनिक रूपमा खाएमा स्वास्थ अबस्थामा सँगै पोषणमा सुधार हुने र कुपोषितबाट जोगाउन सहयोग पुग्ने नगरपालिका पशुपंक्षी शाखाका नायब सुब्बा परमेश्वर यादबले बताए ।
    राजबिराज नगरपालिकाले वडा नम्वर ६ को पुर्णी पोखरी टोलका महिलाहरूलाई बहिरा स्कुलमा, वडा नम्वर १३ को माबि बिषहरीयाँ र वडा नम्वर १० दिघवाको वडा कार्यालयको प्राङ्गणमा ६० जनाका दरले तिन वटै वडाका सुत्केरी, गर्भवती महिलाहरूलाई उन्नत जातका कुखुरा, बिउबिजन, सहित खानेपानी सरसफाई सम्बन्धी सामाग्री सहित बितरण गरिएको हो । 
    उक्त बितरण कार्यक्रममा राजबिराज नगरपालिकाका समाजिक शाखा प्रमुख मनोज कुमार यादब, वडा ६ का अध्यक्ष प्रेम कुमार यादब, १३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद यादब, वडा ३ का अध्यक्ष तथा नगरस्तरिय बहुक्षेत्रिय पोषण समिति संयोजक सुर्दशन सिँह, नगरपालिका पशुपंक्षी शाखा प्रमुख रूद्व नारायण झा, पशु शाखा सुब्बा परमेश्वर यादब, कृषि शाखाका महेन्द्र साह, खानेपानी शाखाका कमलेश गिरी, समाजिक शाखाका तरूण यादब, नेपाल पत्रकार महासँघ शाखा सहसचिव चन्दनकुमार यादब, पत्रकार नवीन कुमार गुप्ता, नगरपालिकाका बहुक्षेत्रिय पोषण स्वयंसेवक रंजिता कुमारी यादबलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?