समाजवादी पार्टीकी महिला नेतृ साह पक्राउ

राजविराज राजविराज
|
शनिबार, आश्विन २५, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक तिलक भारतीले महानगरी प्रहरी वृत्त कमलपोखरी काठमाडौंबाट पक्राउ गर्न पत्राचार गरेकाले उनलाई राजविराज वडा नं.
  • ६ खर्साल टोलस्थित निवासबाट पक्राउ गरेको जानकारी दिएका छन् ।
  •       अन्तरपार्टी महिला संजालकी सप्तरी अध्यक्ष समेत रहेकी सुनितामाथी पुरानो मुद्दाको आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ता भारतीले बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
    समाजवादी पार्टीका सप्तरी जिल्ला नेतृ सुनिता साहलाई शुक्रबार सप्तरी प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक तिलक भारतीले महानगरी प्रहरी वृत्त कमलपोखरी काठमाडौंबाट पक्राउ गर्न पत्राचार गरेकाले उनलाई राजविराज वडा नं. ६ खर्साल टोलस्थित निवासबाट पक्राउ गरेको जानकारी दिएका छन् । 
    अन्तरपार्टी महिला संजालकी सप्तरी अध्यक्ष समेत रहेकी सुनितामाथी पुरानो मुद्दाको आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ता भारतीले बताए । तर, पुरानो मुद्दा के हो भन्ने विषयमा उनले बताउन चोहनन् । 
    यसैबीच चिनिया राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको श्रोतको दाबी छ । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भदौं २३ गते काठमाडौंमा भएको बिरोध प्रदर्शनमा महिला नेतृ साहको पनि सहभागिता रहेको थियो । 
    यता समाजवादी पार्टी प्रदेश नं. २ का सचिव दिनेश कुमार यादवले महिला नेतृ साहलाई कुन कारणले पक्राउ गरिएको विषयमा प्रहरीले जानकारी दिनुपर्ने बताउँदै कुनै पनि राष्ट्रका प्रमुख नेपाल भ्रमणमा आएमा पार्टीको बिरोध गर्ने नीति नभएको स्पष्ट गर्दै ती राष्ट्र प्रमुखलाई स्वागत गर्ने नीति रहेको प्रतित्रृmया समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
अन्तर्राष्ट्रिय युवा दिवसमा १४ हजार विरुवा रोपिए
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
म्यादी प्रहरीमा आवेदन दिनेको संख्या बढ्दै, सप्तरीमा पहिलो दिन १ हजार ६ सय ३ तथा दोश्रो दिन २ हजार ३६ आवेदन प¥यो
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
विशेष सुरक्षा योजना लागु
विशेष सुरक्षा योजना लागु
उपनिर्वाचन परिणामले देखाएका संकेत
जगन्नाथ रथयात्रा निकालिदै
जगन्नाथ रथयात्रा निकालिदै
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार
वरिष्ठ अधिवक्ता यादवको घरमा पेट्रोल बम प्रहार