दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासनले निर्वाचन सुरक्षा केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार एक सूचना जारि गर्दै निर्वाचनलाई भयरहित वातवरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको जनाएको छ ।
स्थानिय तहको निर्वाचनमा सप्तरी जिल्लामा २ सय ९७ मतदान स्थल र ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । उक्त सबै स्थानमा निर्वाचन कार्यालयबाट खटाइएका कर्मचारी र नेपाल प्रहरी निर्वाचन सम्बन्धी सामाग्रिका साथ परिचालन भई आवश्यक सुरक्षा र अन्य व्यवस्था मिलाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मतदान स्थलमा कुनै पनि अमर्यादित र अशान्ति मच्चयाउने प्रयास भए त्यस्तो कार्यम संलग्नलाई आवश्यकता अनुसार बल प्रयोग गरि नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही गरिने उनको भनाई छ ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २९७ मतदानस्थल निर्धारण गरिएकोमा २०८ अतिसंवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ । जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरू मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए ।
विशेष सुरक्षा योजना लागु
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार एक सूचना जारि गर्दै निर्वाचनलाई भयरहित वातवरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको जनाएको छ ।
- स्थानिय तहको निर्वाचनमा सप्तरी जिल्लामा २ सय ९७ मतदान स्थल र ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ ।
- उक्त सबै स्थानमा निर्वाचन कार्यालयबाट खटाइएका कर्मचारी र नेपाल प्रहरी निर्वाचन सम्बन्धी सामाग्रिका साथ परिचालन भई आवश्यक सुरक्षा र अन्य व्यवस्था मिलाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया