दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
एशीयाली एथलेटिक्समा स्वर्ण पदक बिजेता राजविराजका अजित कुमार यादवलाई बधाई तथा पुरस्कारको ओइरो लाग्न थालेको छ ।
सप्तरीको राजविराज नगरपालिका १२ विषहरिया निवासी हाल राजविराज वडा नं. ३ मा बसोवास गर्दै आएका यादव तथा उनका परिवारलाई बिहानैदेखी बधाई दिनेहरुको ओइरो लाग्ने गरेको आमा सरिता यादवले बताईन् ।
यता आइतबार हङकङ्गमा भएको तेश्रो एशीयाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात पार्न सफल भएपछि उनलाई पुरस्कार दिन घोषणा समेत भएको छ ।
प्रदेश २ सरकारले यादवलाई ५ लाख रुँपैया पुरस्कार स्वरुप दिने घोषणा गरेको भोलिपल्टै मंगलबार राजविराज नगरपालिकाको बसेको बैठकले यादवलाई सम्मान स्वरुप एक लाख एक रुँपैया दिने निर्णय गरेको प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
यस्तै मंगलबारै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले स्वर्ण पदक बिजेता यादवलाई ५१ हजार रुँपैया पुरस्कार दिने निर्णय गर्नुका साथै केही दिनमै एक भब्य कार्यक्रमको आयोजना गरि यादवलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् ।
सोही बैठकले प्रदेश २ स्तरिय भलिवल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने ६ नं. गण शसस्त्र प्रहरी बल सप्तरीका खेलाडीहरुलाई जनही ११ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।
जिल्लाका सर्वसाधारण तथा खेलप्रेमीबीच पनि अजितको प्रदर्शनले खुशीयाली छाएको छ ।
राजविराज नपा र तिलाठी कोइलाडी गापाले स्वर्ण पदक बिजेता अजितलाई ग¥यो पुरस्कार दिने घोषणा
सारांश
- सप्तरीको राजविराज नगरपालिका १२ विषहरिया निवासी हाल राजविराज वडा नं.
- ३ मा बसोवास गर्दै आएका यादव तथा उनका परिवारलाई बिहानैदेखी बधाई दिनेहरुको ओइरो लाग्ने गरेको आमा सरिता यादवले बताईन् ।
- यता आइतबार हङकङ्गमा भएको तेश्रो एशीयाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात पार्न सफल भएपछि उनलाई पुरस्कार दिन घोषणा समेत भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया