दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ स्थित जनता माध्यमिक विद्यालयको पुस्तकालय तथा ई–लाइब्रेरीको उद्घाटन गरेका छन् ।
आयोजित उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य सिंहले गुणस्तरीय शिक्षाका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नु आवश्यकता रहेको बताए । उनले विश्व नै प्रविधिमैत्री भईरहेको अवस्थामा विद्यार्थीहरुलाई विद्यालयबाटै प्रविधीमा दक्ष बनाउनु जरुरी रहेको बताए ।
सोही कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भौतिक पूर्वाधारको विकास मात्र विकास नभएर शिक्षाको विकास पनि अहिले उत्तिकै आवश्यक रहेको बताए । अहिलेको समय सूचना प्रविधिको भएकाले यसको विकास पनि उत्तिकै आवश्यक रहेको भन्दै अध्यक्ष सिंहले ई– लाइब्रेरीले दक्ष जनशक्तिको विकासमा सहयोग पुग्ने जिकिर गरे ।
नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेशप्रसाद यादवले संघीय शिक्षा ऐन ल्याउन सरकार उदासिन रहेको आरोप लगाउँदै अविलम्ब शिक्षक सेवा आयोग गठन गर्न माग गरे ।
तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले समाजको विकासको लागि सक्षम जनशक्ति आवश्यक रहेको बताउँदै पुस्तकालयको संरक्षण सम्बद्र्धनमा सबैले योगदान गर्नुपर्ने बताए ।
जनता मावि तोपाको विद्यालय व्यवस्थापन समितिको निवर्तमान अध्यक्ष राधेश्याम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ सप्तरीका सहअध्यक्ष सुरेश यादव, नेपाली काँग्रेसका क्षेत्रीय सचिव अरुणकुमार मण्डल, जगदिश मण्डल, सफिक मन्सुरी, विद्यालयका प्रधानाध्यापक रमेश झा, ललिता झासहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
पुस्तकालय तथा ई–लाइब्रेरी संचालन
सारांश
- आयोजित उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य सिंहले गुणस्तरीय शिक्षाका लागि सबैले आ–आफ्नो स्थानबाट पहल गर्नु आवश्यकता रहेको बताए ।
- उनले विश्व नै प्रविधिमैत्री भईरहेको अवस्थामा विद्यार्थीहरुलाई विद्यालयबाटै प्रविधीमा दक्ष बनाउनु जरुरी रहेको बताए ।
- सोही कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भौतिक पूर्वाधारको विकास मात्र विकास नभएर शिक्षाको विकास पनि अहिले उत्तिकै आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया