दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
नेपाली काँग्रेस महादेवा गाउँपालिका सप्तरीले स्थानिय तहको विगत र वर्तमानका विकासीय कार्यको जानकारी सम्बन्धमा सोमबारदेखी जागरण कार्यक्रम सुरु गरेको छ ।
सोमबार संसदीय क्षेत्र नम्वर २ अन्तर्गत महदेवा गाउँपालिकामा नेपाली काँग्रेस गाउपालिकाको आयोजनामा घर दैलो अभियान सुरू गरेको हो ।
नेकाँ गापा संयोजक लोकेन्द्र नायकको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति दिनेश यादबले संगठनलाई चुस्तदुरूस्त र बिस्तार सँगै प्रत्येक घर घरमा पुगी घरदैलो अभियानको प्रारम्भव गरेको बताए ।
अभियान अन्तर्गत भाद्र १४ गते जिल्ला तथा क्षेत्रिय स्तरिय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा आम सभा गरिने नेपाली काँग्रेस जिल्ला सचिव शत्रुघघन प्रसाद यादबले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
नेपाली काँग्रेस महादेवा गाउँपालिकाका संयोजक लोकेन्द्रकुमार नायकले शुक्रबार एक विज्ञप्ति जारि गर्दै गाउँपालिकाको सम्पूर्ण वडाहरुमा जागरण कार्यक्रम गर्ने जनाइएको छ ।
जारि विज्ञप्तिमा भदौं ९ गते वडा नं. १, १० गते वडा नं. २, ११ गते वडा नं. ३, १२ गते वडा नं. ४, १३ गते वडा नं. ५ र १४ गते वडा नं. ६ मा जागरण कार्यक्रम हुने जनाइएको छ ।
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
सारांश
- सोमबार संसदीय क्षेत्र नम्वर २ अन्तर्गत महदेवा गाउँपालिकामा नेपाली काँग्रेस गाउपालिकाको आयोजनामा घर दैलो अभियान सुरू गरेको हो ।
- नेकाँ गापा संयोजक लोकेन्द्र नायकको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति दिनेश यादबले संगठनलाई चुस्तदुरूस्त र बिस्तार सँगै प्रत्येक घर घरमा पुगी घरदैलो अभियानको प्रारम्भव गरेको बताए ।
- अभियान अन्तर्गत भाद्र १४ गते जिल्ला तथा क्षेत्रिय स्तरिय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा आम सभा गरिने नेपाली काँग्रेस जिल्ला सचिव शत्रुघघन प्रसाद यादबले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया