आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए

राजविराज राजविराज
|
आइतबार, चैत्र २४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए

सारांश

  •     जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.
  • १ निवासी २१ वर्षिय घनश्याम यादवले यसरी हात्महत्या गरेका हुन् ।
  • बिहान ७ बजेतिर आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
    सप्तरीमा आत्महत्याको घटनामा बृद्धी भइरहेको बेला आइतबार थप एक यूवाले आत्महत्या गरेका छन् । 
    जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी २१ वर्षिय घनश्याम यादवले यसरी हात्महत्या गरेका हुन् । बिहान ७ बजेतिर आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
    स्विटरको पासो घाँटीमा लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पछिल्लो दुई महिना यता सप्तरीमा झुण्डिएर र विष सेवनगरि ज्यान गुमाउनेहरुको संख्या १५ पुगेको छ । यसरी आत्महत्या गर्नेहरुमा ११ पुरुष र ४ महिला रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । 
    प्रहरी तथ्यांक अनुसार गत साउनदेखि चालु आ.ब.को हालसम्ममा जिल्लामा कुल ४४ जनाले आत्महत्या गरेका छन् । जसमध्ये महिलाको संख्या २३ र पुरुषको संख्या २१ रहेको छ । 
    यसरी आत्महत्या गर्ने अधिकांश घटनामा प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । त्यसपछि गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्याको कारक बन्ने गरेको पाइएको छ ।
    कतिपय केशमा उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भारले थिचिदै जाँदा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक तथा प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?