बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न

राजविराज राजविराज
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न

सारांश

  •     सो शिविरमा ६ सय भन्दा बढी प्राथमिक, सामान्य तथा जटिल बिरामीहरुको उपचार गरिएको छ ।
  • जसमा प्राथमिक तथा सामान्य बिरामीहरुलाई निुशल्क औषधी दिइएको छ भने जटिल बिरामीलाई लालगढ अस्पताल रेफर गरिएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिए ।
  •  

    राजविराज÷सप्तरीकोृ बलान बिहुल गाउँपालिकामा शनिबार कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ । 
    बलान बिहुल गाउँपालिका वडा नं. २ स्थित भगवती राप्रावि चन्हीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष बिरेन्द्र गोइतको अध्यक्षत तथा गाउँपालिका अध्यक्ष दयानन्द गोइतको प्रमुख आतिथ्यमा आयोजना भएको थियो । 
    गाउँपालिकाको आयोजना तथा लालबन्दी अस्पताल लालगढको प्राविधिक सहयोगमा आयोजित शिवरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुले बिरामीको उपचार गरेका छन् । 
    सो शिविरमा ६ सय भन्दा बढी प्राथमिक, सामान्य तथा जटिल बिरामीहरुको उपचार गरिएको छ । जसमा प्राथमिक तथा सामान्य बिरामीहरुलाई निुशल्क औषधी दिइएको छ भने जटिल बिरामीलाई लालगढ अस्पताल रेफर गरिएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?