सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 

राजविराज राजविराज
|
शुक्रबार, पौष २२, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 

सारांश

  •     राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ वार्षिक साधारणसभा एकाई बैठकको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
  •        उनले सहकारी संस्थाहरुले समुदायलाई पु¥याइरहेको योगदानको चर्चा गर्दै आगामी दिनहरुमा यसको विकास एंव सम्वद्र्धनका लागि आफू कटिबद्ध रहेको बताए ।
  • लामो समयदेखी मुलुकमा वित्तिय संस्थाहरुले सर्वसाधारणलाई ऋण नदिइरहेको बेला सहकारी संस्थाहरुले उनीहरुको आवश्यक बुझेर ऋण प्रवाह गर्नु सहनिय रहेको उल्लेख गर्दै ती संस्थाहरुले सामाजमा पु¥याएको योगदानको कदर गर्नु पर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 

    मधेश प्रदेशसभा सदस्य महेश प्रसाद यादवले जिल्लाका सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    राजविराजस्थित जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ वार्षिक साधारणसभा एकाई बैठकको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । 
     उनले सहकारी संस्थाहरुले समुदायलाई पु¥याइरहेको योगदानको चर्चा गर्दै आगामी दिनहरुमा यसको विकास एंव सम्वद्र्धनका लागि आफू कटिबद्ध रहेको बताए । लामो समयदेखी मुलुकमा वित्तिय संस्थाहरुले सर्वसाधारणलाई ऋण नदिइरहेको बेला सहकारी संस्थाहरुले उनीहरुको आवश्यक बुझेर ऋण प्रवाह गर्नु सहनिय रहेको उल्लेख गर्दै ती संस्थाहरुले सामाजमा पु¥याएको योगदानको कदर गर्नु पर्ने बताए । 
    सोही उद्घाटन सत्रमा राष्ट्रिय सहकारी बैंकका संचालक एवं मधेश प्रदेश संयोजक विश्वनाथ मण्डलले मधेश प्रदेश सरकारले बितेको पाँच वर्ष सम्ममा पनि सहकारी ऐन पारित गर्न नसक्नु सम्पूर्ण सहकारी संस्थाहरुको अहितमा रहेको बताउँदै यसप्रति पहल गरिदिन प्रदेशसभा सदस्य यादवलाई ध्यानाकर्षण समेत गराए । सहकारी ऐन पारित नहुँदा संस्थाहरुको अन्य गतिविधि समेत प्रभावित भइरहेको उनको भनाई थियो ।  
    यस्तै राष्ट्रिय सहकारी बैंक राजविराजका प्रबन्धक चन्द्रमणि भट्राईले राष्ट्रिय सहकारी बैंकले अन्य वित्तिय संस्थाहरु झै कारोबारका लागि एटिएम, एसएमएस, फण्ड ट्रान्सफर लगायतका सुविधा उपलब्ध गराएको हुँदा सो सुविधाहरु आउँदो दिनमा सहकारीहरुलाई सूचारु गर्न सुझाव समेत दिए । 
    सभामा जिल्ला सहकारी संस्था सप्तरीका प्रबन्धक रमेश गुप्ताले जिल्लामा निर्माणाधिन रहेको कोल्ड स्टोरको कामलाई सूचारुका लागि सम्पूर्ण सहकारी संस्थाहरुको एउटै धारणा र पहल आवश्यक रहेको भन्दै यसप्रति प्रदेश सरकारको पनि ध्यान पुग्नु आवश्यक रहेको बताए । 
    संस्थाका अध्यक्ष सचिन्द्र दासको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा पत्रकार नवीनकुमार गुप्ताले शुभकामना मन्तव्य, स्वागत मन्तव्य संस्थाका संचालक सदस्य देवनारायण चौधरी तथा कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक राजकुमार देवले गरेका थिए । 
    सभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दासले आ.ब. २०७९ असार मासन्तसम्म संस्थाले ६५ लाख ६४ हजार ८ सय १६ रुँपैयाको शुद्ध बचत गरेको उल्लेख गरिएको छ । त्यस्तै आ.ब. २०७८÷७९ मा ८७ करोड ६१ लाख ३७ हजार ६ सय ६२ निक्षेप संकलन, ८६ करोड ४५ लाख ९६ हजार २ सय ४० निक्षेप फिर्ता, २७ करोड ९६ लाख ५९ हजार ३ सय ३२ ऋण लगानी तथा २३ करोड ९४ लाख ७३ हजार ७ सय ५९ ऋण असुली गरिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि त्रिविमा विद्यार्थी बढे
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
पत्रकारलाई कुटपिट गर्ने जनमतका कार्यकर्तालाई रिहा गरेको भन्दै पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण
तीन बालबालिका अझै वेपत्ता
तीन बालबालिका अझै वेपत्ता
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
आरक्षको जग्गामा जबरजस्ती घर बनाउन खोज्दा झडप, प्रहरीद्वारा १९ राउण्ड अश्रृ ग्यास प्रहार, तीन प्रहरी घाइते, मंगोल अर्गनाईजेशनका इन्चार्जसहित एक दर्जन पक्राउ
छिन्नमस्ता भगवतीको मुकुट चोरी
छिन्नमस्ता भगवतीको मुकुट चोरी
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य