छठको व्रत विधि सुरु, आज खरना गरिदै

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १, २०८०
|
|
२५ पटक हेरिएको
Shares
छठको व्रत विधि सुरु, आज खरना गरिदै

सारांश

  •     कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् ।
  • निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।
  •     अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।

दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।

    सूर्य उपासनाको महापर्व छठको तयारीमा सप्तरीवासी जुटेका छन् । पछिल्लो समय छठ सबै नेपालीको साझा पर्व बन्दै गएको छ । पर्वको प्रारम्भ बर्तालुले शुक्रबार ‘नहाय–खाय’ विधिबाट गरेका छन् ।
    कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ ।
    अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । पर्वमा महिला÷पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ । 
    शुक्रबार कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ । यस पर्वले घर–घरमा व्यस्तता बढाएको छ । पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै खटिएका छन् ।
    श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ । यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ । 
    पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
    बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्रबार (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले शनिबार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
    बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । यो व्रत आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ
अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड 
मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु
सप्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६ दिनमा पाँचको मृत्यु