कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान

राजविराज राजविराज
|
शुक्रबार, पौष ५, २०८१
|
|
२० पटक हेरिएको
Shares
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान

सारांश

  •     कारागारमा कैदीबन्दीको रेखदेखमा खटिएका कार्यालय सहयोगिको पदमा कार्यरत राजविराज नगरपालिका ८ का ३५ वर्षिय चन्दन भनिने चन्द्रनारायण यादव पूर्पक्षका लागि शुक्रबार कारागार चलान भएका हुन् ।
  •       सप्तरी जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो ।
  • उनीमाथी सोही कारागारमा बन्दी जिवन बिताइरहेकी ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप छ ।

दैनिक समाचारदाता
राजविराज, ५ पुस । 

    राजविराज कारागारका एक कर्मचारी महिला बन्दीलाई बलात्कार गरेको आरोपमा शुक्रबार पूर्पक्षका लागि कारागार चलान भएका छन् । 
    कारागारमा कैदीबन्दीको रेखदेखमा खटिएका कार्यालय सहयोगिको पदमा कार्यरत राजविराज नगरपालिका ८ का ३५ वर्षिय चन्दन भनिने चन्द्रनारायण यादव पूर्पक्षका लागि शुक्रबार कारागार चलान भएका हुन् । 
    सप्तरी जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो । उनीमाथी सोही कारागारमा बन्दी जिवन बिताइरहेकी ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप छ । 
    कारागार चलान भएका यादव विगत १७ वर्षदेखी राजविराज कारागारमा कार्यालय सहयोगि पदमा कार्यरत रहेका थिए । पीडित भनिएकी महिलालाई हाल कारागार सरुवा भई उदयपुर कारागारमा बन्दी जिवन बिताइरहेकी छिन् । 
    महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लागी गत २०८० माघ ५ गते यादवले बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
    पीडित महिला २०७६ साउनदेखी राजविराज कारागारमा कर्तव्य ज्यान तथा आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय भुक्तान गर्दै आएकी थिइन् । सोही समयमा आफूसँग कार्यालय सहयोगि यादवले बलात्कार गरेको उनले दिएको उजुरीमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ