दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।
लाखौं ऋण दिएर करोडौं असुल गर्ने गरेको आरोपमा पक्राउ परेका मिटरब्याजी नन्दकिशोर साहलाई अदालतले अनुसन्धानका लागि शुक्रबार पाँच दिनको म्याद थप गरेको छ ।
बिहीबार पक्राउ परेका सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका ४५ वर्षिय ब्यवसायी साहलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
ठगि तथा अपराधी विश्वासघात मुद्दामा अदालतमा उपस्थित गराएका साहलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
विपन्न नागरिकलाई किर्ते तमसुक बनाएर लाखौं लाख रकम ऋण दिने र त्यसवापत करोडौं असुल्ने गरेको पीडितहरुको उजुरी आएपछि साहलाई पक्राउ गरिएको डिएसपी काफ्लेले बताए ।
यता अर्का मिटर ब्याजी उनका बुबा रामदेव भने अझै फरार रहेको र खोजी कार्य भइरहेको उनले जानकारी दिए । बाबु छोराले गाउँघरका सोझा साझा र विपन्न नागरिकलाई आपतविपत परेका बेला ऋण दिएर दिएको रकम भन्दा दोब्बरको कागजात गराउने गरेको पीडितहरुको भनाई छ ।
मिटरब्याजी साहमाथी अनुसन्धानका लागि अदालतले दियो पाँच दिनको म्याद
सारांश
- बिहीबार पक्राउ परेका सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारका ४५ वर्षिय ब्यवसायी साहलाई शुक्रबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराएपछि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
- ठगि तथा अपराधी विश्वासघात मुद्दामा अदालतमा उपस्थित गराएका साहलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद उपलब्ध गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
- विपन्न नागरिकलाई किर्ते तमसुक बनाएर लाखौं लाख रकम ऋण दिने र त्यसवापत करोडौं असुल्ने गरेको पीडितहरुको उजुरी आएपछि साहलाई पक्राउ गरिएको डिएसपी काफ्लेले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया