सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र

राजविराज राजविराज
|
सोमबार, आषाढ ९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र

सारांश

  •       अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीका अध्यक्ष अजयकुमार मेहतरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा राज्यले निर्धारण गरेको न्युनतम पारिश्रमिक लागु गर्न माग गरिएको छ ।
  •       सो अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष केदार देव, महासंघका सदस्य आनन्दकुमार मुखिया, बिद्युतीय रिक्सा मजदुर संघका अध्यक्ष रामचन्द्र यादव लगायतको पनि सहभागिता रहेको थियो ।
  •  

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
    सरसफाई मजदुरहरुले आईतवार राजविराज नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीको अगुवाईमा सरसफाई मजदुरहरुले राजविराज ¥याली प्रदर्शन गर्दै राजविराज नगरपालिका कार्यालय पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार यादवलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु गर्नुपर्ने माग गर्दै सो ज्ञापनपत्र बुझाएका हो ।
      अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीका अध्यक्ष अजयकुमार मेहतरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा राज्यले निर्धारण गरेको न्युनतम पारिश्रमिक लागु गर्न माग गरिएको छ । 
    सो अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका अध्यक्ष केदार देव, महासंघका सदस्य आनन्दकुमार मुखिया, बिद्युतीय रिक्सा मजदुर संघका अध्यक्ष रामचन्द्र यादव लगायतको पनि सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ