ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०८२
|
|
४६ पटक हेरिएको
Shares
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना

सारांश

  •     उक्त रोचक प्रतियोगिता हेर्न राजरंगशालामा दर्शकको भिड लागेको थियो ।
  • उक्त दुबै प्रतियोगितामा जिल्ला फुटवल संघ सप्तरीले समनवय र प्राविधिक सहयोग गरेका थिए ।
  •       २२औं निजामती कर्मचारी दिवसको अवसरमा जिल्ला अदालत सप्तरी र उच्च अदालत जनकपुर राजविराज इजलाशको संयुक्त आयोजनामा आयोजित पहिलो मैत्रीपूर्ण फुटवल प्रतियोगितामा आयोजक दुबै टिमबीच नै प्रतिस्पर्धा भएको थियो ।

    राजविराज÷निजामती कर्मचारी दिवस तथा आसन्न चाडपर्वको अवसर पारेर शनिबार यहाँ ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । 
    सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशले संयुक्त रुपमा एउटा प्रतियोगिताको आयोजना ग¥यो भने अर्को प्रतियोगिता हिमालय क्लव राजविराजले आयोजना गरेको हो । 
    दुई मैत्रीपूर्ण प्रतियोगिताका एक बिजेता टिमले ट्रफि र प्रमाणपत्र पाएका छन् भने अर्को बिजेता टिमले पुरस्कार स्वरुप २५ किलो तौल बराबरको ११ वटा कुखुरा प्राप्त गरेका छन् । 
    उक्त रोचक प्रतियोगिता हेर्न राजरंगशालामा दर्शकको भिड लागेको थियो । उक्त दुबै प्रतियोगितामा जिल्ला फुटवल संघ सप्तरीले समनवय र प्राविधिक सहयोग गरेका थिए । 
    २२औं निजामती कर्मचारी दिवसको अवसरमा जिल्ला अदालत सप्तरी र उच्च अदालत जनकपुर राजविराज इजलाशको संयुक्त आयोजनामा आयोजित पहिलो मैत्रीपूर्ण फुटवल प्रतियोगितामा आयोजक दुबै टिमबीच नै प्रतिस्पर्धा भएको थियो । २५–२५ मिनेट खेलाइएको उक्त खेलमा जिल्ला अदालत सप्तरीलाई २ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै उच्च अदालत जनकपुर राजविराज इजलाश टिम बिजयी भए । 
    बिजयी खेलाडीहरुलाई ट्रफि र प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले खेलको माध्यमबाट मनोरन्जन गर्ने उद्देश्यले निजामती कर्मचारी दिवसको अवसरमा यस्तो कार्यक्रम दुबै अदालतले मिलेर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । 
    दैनिक ८ घण्टा कार्यालयको काम गर्ने कर्मचारीलाई फरक अनुभव, उत्साह र मनोरन्जनका साथै यस्ता खेलले ताजगी प्रदान गर्ने उनको भनाई छ । 
    शनिबार नै हिमालय क्लब राजविराजले आयोजना गरेको अर्को मैत्रीपूर्ण फुटवल प्रतियोगितामा आयोजक हिमालय क्लवले जिएसएफसी चिम्टि क्लवलाई ३–१ गोल अन्तरले हराउँदै पुरस्कार वापत २५ किलो बराबरको ११ वटा कुखुरा प्राप्त गरेका छन् । 
    उपबिजेता जिएसएफसी चिम्टि क्लबले १५ किलो बराबरको ७ वटा कुखुरा प्राप्त गरे । उक्त खेलका बिजेताहरुलाई प्रमुख अतिथि समाजसेवी प्रविन चौधरी र फुटवलका प्रशिक्षक प्रज्वल सिंह सेवाले उक्त परिमाणको कुखुरा प्रदान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा इटाभट्टाले लुकाई राखेको ९ वटा भारतीय टेम्पो नियन्त्रणमा
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?