कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
२० पटक हेरिएको
Shares
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु

सारांश

  •     विगत दुई वर्षदेखि मानव वेचविखन ओसार पोसार मुद्दामा कैदी जिवन बिताइरहेका सप्तरीको महादेवा गाउँपालिका ३ बथनाहाका ५४ वर्षिय मिथलेश कुमार यादवको विहिवार मध्यराती उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       उनी केही दिन यता कलेजो रोगबाट पीडित भएको तथा दिनहु जसो स्थानीय गजेन्द्र नारायण सिह अस्पताल उपचारका लागी प्रहरीको निगरानीमा पुग्ने गरेको कारागारका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिएका छन् ।
  •     विहिवार साँझ अचानक छातीमा पीडा र खुट्टा सुन्निएपछी उनलाई उपचारका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको तथा अवस्था जटिल बन्दै गएपछी थप उपचारका लागी विराटनगरस्थित कोशी अस्पताल पठाइएको र उपचारकै क्रममा मध्यराती तिर उनको मृत्यु भएको जेलर किशोर रामले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख । 

    मानव वेचविखन ओसार पोसार मुद्दामा राजविराज कारागारमा जेल जिवन विताईरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । 
    विगत दुई वर्षदेखि मानव वेचविखन ओसार पोसार मुद्दामा कैदी जिवन बिताइरहेका सप्तरीको महादेवा गाउँपालिका ३ बथनाहाका ५४ वर्षिय मिथलेश कुमार यादवको विहिवार मध्यराती उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
    उनी केही दिन यता कलेजो रोगबाट पीडित भएको तथा दिनहु जसो स्थानीय गजेन्द्र नारायण सिह अस्पताल उपचारका लागी प्रहरीको निगरानीमा पुग्ने गरेको कारागारका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिएका छन् ।
    विहिवार साँझ अचानक छातीमा पीडा र खुट्टा सुन्निएपछी उनलाई उपचारका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको तथा अवस्था जटिल बन्दै गएपछी थप उपचारका लागी विराटनगरस्थित कोशी अस्पताल पठाइएको र उपचारकै क्रममा मध्यराती तिर उनको मृत्यु भएको जेलर किशोर रामले जानकारी दिए । 
    सप्तरी जिल्ला अदालतले सो मुद्दामा उनलाई ५ वर्ष कैद सजाय तोकेपछि २०७७ साल चैत्त ११ गतेदेखि उनी कैद भुक्तानका लागी कारागारमा रहेको राजविराज कारागारका सूचना अधिकारी यादवले बताए । 
    मुतकको शव शुक्रवार विराटनगरबाट ल्याइ आफन्तलाई बुझाइएको सकिएको तथा मृतककी पत्नी मन्जुले शव संगै किरिया खर्च वापत ११ हजार तथा यातायात खर्च वापत २ हजार ५ सय रुपैया बुझिलिएको कारागार प्रशासनले जनाएको छ । 
    एक सय ५५ जना क्षमता भएको राजविराज कारागारमा अहिले क्षमता भन्दा तेब्बर ३ सय ९१ जना कैदीबन्दी राखिएका छन् । कोठाको अभावमा कोचाकोच गरी राख्दा अन्य कैदी बन्दी पनि रोग सर्ने भयले त्रासमा छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
सडक संघर्षमा बिटौरी र ब्लक जग्गा धनी 
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित 
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
ओलीको ‘नोटिस’मा नपरेका  जयकृष्ण गोइत किन भए भूमिगत ?
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
सुनसरी घटनाको बिरोधमा प्रदर्शन, पूर्व पकलीदेखी पश्चिम कोशी ब्यारेजसम्म कर्फयु आदेश जारि
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
विद्यापति स्मृति पर्वमा विविध कार्यक्रमको आयोजना
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई