सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सप्तरी क्रिकेट संघद्वारा वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ र तृपितलाई सम्मानित 

सारांश

  •     बि.
  • स.
  • २०३८ सालदेखि सप्तरीको क्रिकेट बिकासमा महत्वपूर्ण योगदान पु¥याएका वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंहलाई ताम्रपत्र तथा खादा ओढाई सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले सम्मान गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ फागुन । 
    प्रदेश नं. २ स्तरीय छनौट क्रिकेट प्रतियोगिता अन्र्तगत शुक्रबार समापन कार्यक्रमको अवसरमा सप्तरी क्रिकेट संघले वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंह तथा तृपित नारायण साहलाई सम्मान गरेको छ । 
    बि.स. २०३८ सालदेखि सप्तरीको क्रिकेट बिकासमा महत्वपूर्ण योगदान पु¥याएका वरिष्ठ क्रिकेटर सुरेन्द्रनाथ सिंहलाई ताम्रपत्र तथा खादा ओढाई सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले सम्मान गरेका छन् । 


    सिंहले उत्पादन गरेका महत्वपूर्ण खेलाडी मध्ये किर्तिमानी क्रिकेटर महवुव आलम, दिपेन्द्र चौधरी, सन्दिप श्रेष्ठ तथा शैलेन्द्र खड्का लगायतको तर्फबाट महवुव आलमले निजलाई ट्याकसुट, स्पोर्टस जुता, मायाको चिनो तथा प्रशंशा पत्रसहित खादा ओढाई सम्मान गरिएको हो । 
    यस्तै अम्पाएर स्कोरर संघ सप्तरीका तर्फबाट संयोजक निरज सिंह तथा रोशन मण्डलले संयुक्त रुपमा कदर पत्र सहित खादा ओढाई उनलाई सम्मान समेत गरेको छ । 
    त्यसै गरि सप्तरी क्रिकेट संघले जिल्ला खेलकुद बिकास समितिमा बिगत ३० बर्षदेखि कार्यरत तृपित नारायण साहलाई समेत ताम्रपत्र सहित दोसल्ला ओढाई सम्मान गरेका छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?