दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
वैदेशिक रोजगारीका कारण समाजमा पारेको विभिन्न सकारात्मक र नकारात्मक पक्ष बारेमा जानकारी दिने उद्देश्यले यहाँ विहीवार एक कार्यक्रमको आयोजना गरिएको छ ।
मधेशी एकता समाजले “मधेशबाट श्रमआप्रवासन र समाजिक, आर्थिक, राजनैतिक आयाम” विषयक आयोजना गरेको विचार मन्थन कार्यक्रममा विभिन्न समाजिक अभियन्ताहरुले बैदेशिक रोजगारको दुबै पक्षबारे विश्लेषण गरे ।
टोल र गाउँ नै खाली हुने गरी दैनिक सयौ नेपालीहरु विभिन्न देशमा रोजगारीका लागी जाने गरेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन उनीहरुले कार्यक्रम मार्फत विभिन्न सुझाव समेत दिएका छन् ।
कार्यक्रममा मधेशी एकता समाजका संस्थापक डा.रविन्द्र कुमार यादव, समाजिक अभियन्ता भोला पासवान, राकेश मिश्रा, डा. बवि सिंह यादव, पत्रकार एवं अध्येता जनकराज सापकोटा, चिन्तक सिकेलाल, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन लगायतले. मधेश प्रदेशबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या बढी रहेको भएपनि त्यसको सबै परिणाम सकारात्मक मात्र नरहेको वास्तविक्ता औल्याए ।
कार्यक्रममा पत्रकार एवं अध्येता जनकराज सापकोटाले वैदेशिक रोजगारका क्रममा सरदर दैनिक जसो १ जना मधेशका यूवाको निधन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय, प्रदेश र संघिय गरि तीन वटै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।
समाजिक अभियन्ता भोला पासवानले विगतका वर्षहरु भन्दा यता आएर मधेशका यूवाहरुको वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने संख्या अझै बढ्दै जानु चिन्ताको विषय भएको भन्दै यस्तो घटना रोक्न सरोकारवाल निकायहरु सक्रिय बन्नु पर्नेमा जोड दिए ।
चिन्तक सिकेलालले वैदेशिक रोजगारबाट पक्कि घर, सवारी साधन, जग्गाजमिन, पसल लगायतका साधन जोडिनुलाई सकारात्मक मानिए पनि यसबाट आउने पारिवारिक कलह, विग्रह, पैसाका लागी भैm–झगडा, सम्बन्ध विच्छेद तथा मृत्यु समेत हुने गरेको कुरालाई विर्सन नसकिने बताए ।
सीप र सुचना नलिई वैदेशिक रोजगारीमा गएका कारण पनि धेरै नेपाली अलपत्र पर्ने र असुरक्षित हुने गरेको उनको भनाई छ । आयोजक संस्थाका संस्थापक डा.रविन्द्र कुमार यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, सम्मानित र व्यवस्थित बनाउन सहि सुचना र सिप आवश्यक रहेको बताए ।
कार्यक्रममा वैदेशिक रोजगारी जाँदा कागज पत्र, सिपको महत्व, इजाजत प्राप्त म्यान पावर कम्पनी तथा स्थानीय, प्रदेश र संघीय सरकारले खेल्नु पर्ने भुमिका लगायतका विषयमा ब्यापक छलफल भएको आयोजक संस्थाले जनाएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड
सारांश
- मधेशी एकता समाजले “मधेशबाट श्रमआप्रवासन र समाजिक, आर्थिक, राजनैतिक आयाम” विषयक आयोजना गरेको विचार मन्थन कार्यक्रममा विभिन्न समाजिक अभियन्ताहरुले बैदेशिक रोजगारको दुबै पक्षबारे विश्लेषण गरे ।
- टोल र गाउँ नै खाली हुने गरी दैनिक सयौ नेपालीहरु विभिन्न देशमा रोजगारीका लागी जाने गरेकाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन उनीहरुले कार्यक्रम मार्फत विभिन्न सुझाव समेत दिएका छन् ।
- कार्यक्रममा मधेशी एकता समाजका संस्थापक डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया