नेपाल सहकारीको ४६ लाख नाफा 

राजविराज राजविराज
|
शनिबार, पौष २८, २०८०
|
|
३९ पटक हेरिएको
Shares
नेपाल सहकारीको ४६ लाख नाफा 

सारांश

  •     सम्पन्न सभामा संस्थाका अध्यक्ष शत्रुहन प्रसाद गुप्ताले आफ्नो अध्यक्षयीय प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा २ हजार ७ सय ४७ शेयर सदस्य रहेको जानकारी दिए ।
  • जसमध्ये १ हजार ८६ महिला र १ हजार ६ सय ६१ पुरुष रहेको जनाइएको छ ।
  •       आ.

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
 
    नेपाल सहकारी संस्था लि. राजविराजले शनिबार आफ्नो २१ साधारण सभा सम्पन्न गरेको छ । 
    सम्पन्न सभामा संस्थाका अध्यक्ष शत्रुहन प्रसाद गुप्ताले आफ्नो अध्यक्षयीय प्रतिवेदन प्रस्तुत गर्दै हाल संस्थामा २ हजार ७ सय ४७ शेयर सदस्य रहेको जानकारी दिए । जसमध्ये १ हजार ८६ महिला र १ हजार ६ सय ६१ पुरुष रहेको जनाइएको छ । 
    आ.ब. २०७९÷८० मा कुल शेयर रकम ३३ करोड ४६ लाख ५ हजार तथा ६० करोड १४ लाख २७ हजार ६ सय ८५ कुल निक्षेप संकलन भएको प्रतिवेदनमा उल्लेख छ । 
    उक्त प्रतिवेदनमा संकलित निक्षेप मध्येबाट ६० करोड ३३ लाख ७७ हजार ५ सय फिर्ता, ३१ करोड ७८ लाख ७७ हजार २ सय ४३ ऋण लगानी तथा ३३ करोड ८४ लाख ९८ हजार ७ रुँपैया असुली भएको जनाइएको छ । 
    अध्यक्ष गुप्ताले सोही आ.ब.मा ४५ करोड ६१ लाख १५ हजार ५ सय ११ रुँपैया ६२ पैसा कुल कारोबार भएकोमा करकट्टा गरि ४६ लाख ३४ हजार ३ सय ८ रुँपैया ५ पैसा खुद नाफा कमाउन संस्था सफल भएको बताए । 
    अध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सभामा शेयर सदस्यहरु मनोहर पोखरेल, रन्धिर कर्ण, सुरेन्द्र प्रसाद गुप्ता, राजकुमार यादव, मनिष दुंगड, मो. हैदर अली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संचालन भने संस्थाका ब्यवस्थापक शंकर प्रसाद साहले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा,  आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
एक लाख ५० हजार लिटर क्षमताको खानेपानी आयोजना हस्तान्तरण
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
जसपाको बिरोध प्रदर्शन
जसपाको बिरोध प्रदर्शन
प्रदेश सरकारको बजेटमा निर्माण  भएको शौचालय संचालन नहुँदै बन्द 
प्रदेश सरकारको बजेटमा निर्माण  भएको शौचालय संचालन नहुँदै बन्द 
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु