रसुवाको बाढीमा सप्तरीको एकै परिवारका  तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, भाद्र १०, २०८३
|
|
४१६ पटक हेरिएको
Shares
रसुवाको बाढीमा सप्तरीको एकै परिवारका  तीन दाजुभाईसहित पाँच जना सम्पर्क बिहीन

सारांश

  • जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नं.
  • ८ काचनटोल निवासी ३१ बर्षीय देबकुमार यादव, ३५ बर्षीय शिवकुमार यादव र २५ बर्षीय सचित यादव विहानै देखि सम्पर्क बिहीन भएको परिवारजनले बताएका छन् ।
  • रसुवास्थित हाइड्रो पावरमा देबकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाईजरको रुपमा काम गर्दै आएको उनका बुवा लाल बहादुर यादवले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, १० भदौ । 
बुधबार विहान रसुवामा आएको बाढीमा सप्तरी जिल्लाको एकै परिवारका तीन दाजु–भाई  सहित पाँच जना सम्पर्क बिहीन भएका छन् ।
जिल्लाको बोदेबरसाईन नगरपालिका वडा नं. ८ काचनटोल निवासी ३१ बर्षीय देबकुमार यादव, ३५ बर्षीय शिवकुमार यादव र २५ बर्षीय सचित यादव विहानै देखि सम्पर्क बिहीन भएको परिवारजनले बताएका छन् ।
रसुवास्थित हाइड्रो पावरमा देबकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाईजरको रुपमा काम गर्दै आएको उनका बुवा लाल बहादुर यादवले जानकारी दिए ।
रसुवामा विहान बाढी आएपछि तीनै छोरा सम्पर्क बिहीन भएको र उनहरुको खोज तथा उद्धार गरिदिन बुबा लालबहादुरले अपिल गरेका छन् ।
यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ६ निवासी अशोक कुमार मण्डल सम्पर्कबिहीन छन् । उनी सोही ठाउँको हाइड्रो पावरमा मानवसंशाधन विभागमा कार्यरत थिए ।
यसैगरि जिल्लाकै विष्णुपुर गाउँपालिका १ का इन्जिनियर अजय कुमार यादव पनि सम्पर्कबिहिन रहेका छन् । रसुवाको उत्तरगया गाउँपालिका ५ स्थित निलकन्ठ माध्यमिक विद्यालय बोगटीटारमा इन्जिनियर पदमा कार्यरत थिए ।
बैंकका २६ कर्मचारी सम्पर्कविहीन
रसुवा बाढीका कारण ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएका छन् । तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली आसपास विभिन्न बैंकका ८ शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन् ।
नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका ८ शाखामा कार्यरत २६ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन ।
बैंकका शाखाहरू पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा रहेको उनले बताए । ‘टिमुरे, स्याफ्रुबेँसी लगायत स्थानका शाखामा क्षति पुगेको छ, सम्पर्क हुन नसकेका कर्मचारी पनि सोही क्षेत्रका छन्,’ उनले भने ।
बाढीले प्रभु, ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पु¥याएको शर्माले बताए ।
४४ जना नेपाली सेना सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा एक्कासी आएको बाढीले ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन् । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनका अनुसार बेपत्ता सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए ।
नेपाल प्रहरीका पनि ३२ जना र सशस्त्र प्रहरीका पनि ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । रसुवा जिल्लामा निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो क्षति व्यहोरेको छ ।
६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन
एक सातापछि विद्युत् उत्पादन सुरु गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारी गरिरहेको सो आयोजनाको पावर हाउस बाढीले पूर्णरूपमा बगाएको छ । बाढीका कारण करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन् ।
बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भोटेकोसी नदीको बाढीले आयोजना क्षेत्रमा व्यापक क्षति पु¥याएको हो। निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार, बाढी आउँदा कर्मचारी र मजदुरहरू सुरुङभित्र कंक्रिट ढलानको काम गरिरहेका थिए। आयोजनामा मल्टी इनर्जीका २५ जना इन्जिनियर, ओभरसियर, गार्ड र भान्छेसहित पेटी कन्ट्र्याक्टरतर्फका ३५ जना मजदुर कार्यरत थिए, जो बिहानदेखि सम्पर्कमा नरहेको भट्टराईले जानकारी दिए ।
४०३ जना पर्यटक बेपत्ता
रसुवामा बुधबार आएको बाढीमा परेर ठुलो संख्यामा पर्यटकहरू बेपत्ता भएका छन् । नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार बाढीका कारण हालसम्म कुल ४०३ जना पर्यटक बेपत्ता भएका छन् । बाढी आएको लामो समय बितिसक्दा पनि बेपत्ता भएकामध्ये कोही पनि फेला पर्न नसकेका र खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
सार्वजनिक गरिएको विवरणअनुसार बेपत्ता हुने कुल ४०३ जनामध्ये ६२ जना नेपाली नागरिक छन् भने बाँकी ३४१ जना विदेशी नागरिक छन् । भारतका १३३ जना नागरिक बाढीमा हराइरहेका छन् । यसैगरी संयुक्त राज्य अमेरिकाका ४७ जना, अस्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य (यूके) का ३३ जना, क्यानडाका २४ जना र मलेसियाका १९ जना नागरिक बेपत्ता सूचीमा छन् ।
अन्य देशहरूमा युक्रेनका ७ जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका ६–६ जना, जापान र न्युजिल्यान्डका ५–५ जना तथा जर्मनीका ४ जना नागरिक हराइरहेका छन् । यसबाहेक फ्रान्स, स्पेन, रुस, नेदरल्यान्ड्स, आयरल्यान्ड, बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका नागरिकहरू पनि यस विपत्तिमा परी बेपत्ता भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
ओली बिरुद्ध नेकपाको बृहत प्रदर्शन
ओली बिरुद्ध नेकपाको बृहत प्रदर्शन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
बिरामीका आफन्त महिलामाथि चिकित्सकद्वारा आपत्तिजनक व्यवहार, चिकित्सक प्रहरी नियन्त्रणमा, अस्पतालद्वारा चिकित्सक निलम्बन
विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 
विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन
हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको  रिहाको माग गर्दै प्रदर्शन
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग