दशै अगावै लालपुर्जा बितरणका लागी आवश्यक प्रक्रिया सुरु गर्न मन्त्रीको निर्देशन

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन २६, २०८३
|
|
१६ पटक हेरिएको
Shares
दशै अगावै लालपुर्जा बितरणका लागी आवश्यक प्रक्रिया सुरु गर्न मन्त्रीको निर्देशन

सारांश

  • सोमवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरोकारवाला कार्यालयका प्रमुख र प्रतिनीधीहरुको बैठक राखी मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन ।
  • लालपुर्जा विहिन नगरवासीलाई लालपुर्जा दिने मनसायले जग्गा दर्ता सम्बन्धि गठन आदेश २०८३ मन्त्री परिषदको बैठकबाट समेत स्विकृत भइसकेको अवस्थामा कुनै ढिलाई नगरी उक्त निर्णय छिटो छरितो ढंगले कार्यान्वयनमा ल्याउन पर्ने उनले निर्देशन दिए ।
  • दशै विदा अगावै शुक्रवार सम्ममा लालपुर्जा वितरणका लागी सूचना लगायत आवश्यक प्रक्रिया सूरु गर्न निर्देशन दिदै उनले कुनै बाधा अड्चन भए आफुहरुले त्यसको फुकाउ गर्ने प्रतिबद्धता जनाए ।
दैनिक समाचारदाता
राजविराज, २६ असोज । 
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले राजविराज नगर क्षेत्रका बिटौरी जग्गा बाहकहरुलाई दशै अगावै लालपुर्जा वितरणका लागी आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन ।
सोमवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरोकारवाला कार्यालयका प्रमुख र प्रतिनीधीहरुको बैठक राखी मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन ।
लालपुर्जा विहिन नगरवासीलाई लालपुर्जा दिने मनसायले जग्गा दर्ता सम्बन्धि गठन आदेश २०८३ मन्त्री परिषदको बैठकबाट समेत स्विकृत भइसकेको अवस्थामा कुनै ढिलाई नगरी उक्त निर्णय छिटो छरितो ढंगले कार्यान्वयनमा ल्याउन पर्ने उनले निर्देशन दिए ।
दशै विदा अगावै शुक्रवार सम्ममा लालपुर्जा वितरणका लागी सूचना लगायत आवश्यक प्रक्रिया सूरु गर्न निर्देशन दिदै उनले कुनै बाधा अड्चन भए आफुहरुले त्यसको फुकाउ गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री यादवको गृह जिल्ला समेत रहेको सप्तरीका विभिन्न जीर्ण सडकखण्डको मर्मत सम्भार तथा स्तरोन्नती कार्य पनि सुृरु गर्न सरोकारवाला कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन दिए ।
चाडपर्वका समयमा पनि राजविराजदेखी छिन्नमस्ता भगवती मन्दिर सम्म पुग्ने सडकका साथै राजविराज–हनुमाननगर, राजविराज–रुपनी, राजविराज–कंचनपुर लगायत १२ स्थानका बाटोघाटो जीर्ण अवस्थामा रहदा सर्वसाधारणलाई निकै सास्ती भोगिरहनु परेको गुनासो आएको भन्दै मन्त्री यादवले यथासिघ्र उक्त सडकखण्डहरुको मर्मत सम्भार र स्तरोन्ती कार्य गर्न निर्देशन समेत दिए ।
सडक विभाग तथा पूर्वाधार विकास कार्यालयका प्रमुखहरुलाई संकेत गर्दै मन्त्री यादवले अब हल्ला कम र काम बढी देखिनु पर्ने बताए ।
उनले चाड पर्व सकिनु अगावै युद्धस्तरमा काम गरेर जिल्लाका अतिजीर्ण अवस्थामा रहेको सडकहरुको सुधार हुनु पर्ने र केही दिन पछि आफु फर्केर आउदा त्यसको अनुगमन गर्ने भन्दै सबैलाई सचेत समेत गराए ।
उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी श्याक कृष्ण थापा, प्रहरी उपरिक्षक रुपक खडगा, राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परवीन, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी राजविराज नगर समितीका सभापती खेलानन्द दासका साथै भुमि प्रशासन, नापी, राजविराज नगरपालिका, सडक विभाग, पूर्वाधार विकास लगायत कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?