दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन विषेश सुरक्षा योजना बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी दशै, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विषेश सुरक्षा योजना बनाएको जानकारी गराएको हो ।
विषेश सुरक्षा योजना अन्तर्गत पिकेट, पैदल गस्ती, मोबाईल टोली, बजार अनुगमन, यात्रु सहायता कक्ष निर्माण र रिफ्रेस प्वाइन्ट लगायतका ब्यवस्था मिलाइएको प्रहरी उपरिक्षक रुपक खडकाले जानकारी दिए ।
उनका अनुसार जिल्लाका सबै सम्वेदनशिल क्षेत्रका साथै जिल्लाभर युनिफर्म र सादा पोशाकका ८ सय ५७ तथा ट्राफिक प्रहरी तर्फका ३९ गरी कुल ८ सय ९६ प्रहरी परिचालन गरिने छ ।
अपुग भएका तथा आवश्यक्ता अनुसार तालुक मधेश प्रदेश प्रहरीबाट थप जनशक्ती माग गरिने उनको भनाई छ । चाड पर्वको समयमा अत्याधिक भीडभाड हुने बैंक तथा वित्तिय संस्था, सुनचाँदी पसल, पार्किंग स्थलका साथै प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिरमा निगरानीका लागी थप प्रहरी परिचालन हुने उनको भनाई छ ।
यस्तै सोही पत्रकार सम्मेलनमा २०८३ असोज १ देखी असोज २२ गते सम्म जिल्ला प्रहरी कार्यालयबाट भएको गतिबीधी समेटिएको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेका अनुसार उक्त अवधीमा विभिन्न अपराधका ४९ वटा मुदा दर्ता भएको छ । यस अवधीमा चालु मुदाका ३९ जना पक्राउ परेका छन । यस्तै अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा ९ जना फरार प्रतिवादी पक्राउ परेको र उनीहरुबाट ४६ हजार ७ सय ८० रुपैया जरिवाना तथा १ वर्ष ७ महिना ५ दिन कैद असुर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया