दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
काम गरेको लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरुले बिहीबार राजविराजस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ताला लगाएका छन् ।
निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झाको अगुवाईमा निर्माण व्यवसायीहरुको टोलीले सो ताला लगाएका हुन् ।
उक्त कार्यालयको नयाँ भवन निर्माणको ठेक्का पाएका राधा कृष्ण निर्माण सेवाले रनिङ्ग बिल लामो समयसम्म नपाएको तथा कार्यालय प्रमुखले विभिन्न बहानामा आलटाल गर्ने गरेकोले तालाबन्दी गर्नु परेको निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष सतिषचन्द्र झाको भनाई छ ।
स्थानीयले ठेकेदार कम्पनीद्वारा हाल सम्म भए÷गरेको निर्माण कार्यको प्राविधिकबाट चेक जाँच मुल्याङ्कन गराई ठेकेदार कम्पनीले पाउनु पर्ने उचित रकम भुक्तानी गर्न उनले माग गरे ।
उनले यसबारे तीन दिन अघि नै सम्बन्धित निकायलाई जानकारी गराइसकेको तथा कतैबाट चासो नदेखाएकाले अनिश्चित्कालिन तालाबन्दी गरिएको बताएका छन् ।
राधा कृष्ण निर्माण सेवाका प्रतिनिधी विनोद साफीले काम गरेको बिलको भुक्तानी समयमा नपाउँदा भवनको बाँकी काम रोकिनुका साथै आपूmहरु समस्यामा परेको बताए ।
बि.स. २०७९ माघ २२ गते पिपिएमओले कार्यालय भवन निर्माणका लागी इविडिङमार्फत आफुलाई ४ करोड १६ लाख ६० हजार ५ सय १० रुपैयामा ठेक्का दिएको बताए । ठेक्का सम्झौता अनुसार २०८१ असार १५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । तर, हालसम्म गरेको काम अनुसारको बिलको झुक्तानी नपाउँदा समस्यामा परेको उनको भनाइ छ । उनले हाल सम्म काम सम्पन्न गरेको ६६ लाख २६ हजार ५ सय रुपैयाको भुक्तानीका लागी गत असोज ३० गते नै सबै कागजात पेश गरिसके पनि विभिन्न बहानामा कार्यालय प्रमुख र लेखापालले आलटाल गर्दै आएको गुनासो पोखे ।
यस विषयमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका प्रमुख डा.राम पवित्र दासले भवन निर्माण प्रक्रियाको विषयलाई लिएर जिल्ला कै अर्का प्रतिष्पर्धी निर्माण कम्पनी श्री राम निर्माण सेवाले अख्तियारमा उजुरी दिएको बताए ।
अख्तियारमा उजुरी परिसकेपछि भुक्तानी दिए आफु पनि फसिने डरले लेखापालले चेक बनाउन नमानेकाले भुक्तानीमा समस्या भएको उनको कथन छ । यद्धपी समस्या समाधानका लागी आफुले पहल गरिरहेको उनले जानकारी दिए ।
यता निर्माण व्यवसायीहरुले कार्यालयमा तालाबन्दी गरेपछि कार्यालयबाट प्रदान हुने सबै सेवा ठप्प भएको छ ।
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
सारांश
- निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झाको अगुवाईमा निर्माण व्यवसायीहरुको टोलीले सो ताला लगाएका हुन् ।
- उक्त कार्यालयको नयाँ भवन निर्माणको ठेक्का पाएका राधा कृष्ण निर्माण सेवाले रनिङ्ग बिल लामो समयसम्म नपाएको तथा कार्यालय प्रमुखले विभिन्न बहानामा आलटाल गर्ने गरेकोले तालाबन्दी गर्नु परेको निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष सतिषचन्द्र झाको भनाई छ ।
- स्थानीयले ठेकेदार कम्पनीद्वारा हाल सम्म भए÷गरेको निर्माण कार्यको प्राविधिकबाट चेक जाँच मुल्याङ्कन गराई ठेकेदार कम्पनीले पाउनु पर्ने उचित रकम भुक्तानी गर्न उनले माग गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया