दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
समाजसेवी एवं शान्तिकामी स्व. डा. नागेश्वर प्रसाद सिंहको १५औं स्मृति दिवसको अवसरमा पारेर आइतबार राजविराजमा एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल विश्व शान्ति समिति केन्द्रिय कार्यालयद्वारा आयोजित कार्यक्रममा स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना गरिएको हो ।
सो अवसरमा स्व. सिंहको तस्बिरमा माल्यार्पण गर्दै सहभागि वक्ताहरुले जुझारु, निष्ठावान र बहुमुखी प्रतिभाका धनी स्व. सिंहको निधनले जिल्लालाई मात्र नभई मुलुकलाई नै अपूर्णिय क्षति पुगेको बताए ।
आयोजक समितिका महासचिव मधुबहादुर बिसिको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ कानुन व्यवसायी हिम्मत सिंह, मदनमोहन चौधरी, शिक्षाविद् डा. चिरन्जिविलाल देव, राजिव कुमार मिश्रा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, वरिष्ठ पत्रकार अनिलकुमार अनल, पूर्व मेयर एवं स्व. सिंहका सुपुत्र गोबिन्द सिंह, पूर्व मेयर जगरनाथ दास, इतिहास विज्ञ प्रा. कमलनारायण दास, समाजसेवी हितनारायण लाल दास, र्इं. इन्द्रनारायण देव, मधेश प्रदेश कृषि विश्वविद्यालयका रजिष्टार भगवान ठाकुर, पत्रकार महासंघका सभापति श्रवणकुमार देव लगायतले श्रद्धाञ्जली अर्पण गर्दै स्व. सिंहको योगदान बारे चर्चा गरे ।
२४ वर्षकै उमेरमा चिकित्सा शास्त्र (एमबिबिएस) अध्ययन पुरा गर्ने सिंह जिल्लाकै पहिलो व्यक्ति थिए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका पुर्खौली घर भई राजविराज नगरपालिका ३ मा बसोवास गर्दै आएका सिंहको ८५ वर्षको उमेरमा २०६७ साल साउन ११ गते निधन भएको थियो ।
सिंह बि.स. २०१५ सालको प्रथम आमनिर्वाचनमा सप्तरीको तत्कालिन क्षेत्र नं. ३८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०१७ सालमा डा. तुलसी गिरी नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए । त्यसपछी २०२१ सालसम्म उनले मन्त्रीका रुपमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
उनी नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, विश्व शान्ति समिति, जेसीज लगायत सामाजिक संघ संस्थाका संस्थापक सदस्य समेत थिए ।
सभाका सहभागि वक्ताहरुले सप्तरीबाटै समाजसेवा र राजनीतिमा सक्रिय भएका स्व. सिंहको सामाजिक पक्ष पनि उत्तिकै सबल रहेको चर्चा गर्दै उनले देखाएको बाटोमा हिड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिएका थिए ।
सभामा राजविराज नगरपालिकाका पूर्व मेयर समेत रहेका स्व. सिंहका जेठा छोरा गोबिन्द सिंह र परिवारका अन्य सदस्यले गम्छा ओढाएर अतिथिहरुको स्वागत गरेका थिए । कार्यक्रम संचालन अरुण तिवारी तथा अतिथिहरुको स्वागत नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष उज्जवल काबराले गरेका थिए ।
स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
सारांश
- नेपाल विश्व शान्ति समिति केन्द्रिय कार्यालयद्वारा आयोजित कार्यक्रममा स्व.
- सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना गरिएको हो ।
- सो अवसरमा स्व.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया