दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीमा प्रतिबन्धित लागु औषध खैरो हिरोइनसहित मोटरसाईकल लिएर भाग्ने प्रयास गर्दा हवाई फायर गरी दुई जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीविरपुरका २९ वर्षिय बिशाल राय र डाक्नेश्वरी नगरपालिका ७ मझौराका ३९ वर्षिय मनोज राय छन ।
गोप्य सुचनाका आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई राजविराज–छिन्नमस्ता सडकखण्डबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ सय ७७ ग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन तथा दुई थान मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
पूर्वसूचनाका अनुसार पुगेको प्रहरी टोलीले उनीहरु चढेको स.८प. ८२२५ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्न थालेपछी भाग्न खोज्दा दुई राउण्ड हवाई फायर समेत गरी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हवाई फायर गरि प्रहरीद्वारा लागु औषधसहित दुई पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीविरपुरका २९ वर्षिय बिशाल राय र डाक्नेश्वरी नगरपालिका ७ मझौराका ३९ वर्षिय मनोज राय छन ।
- गोप्य सुचनाका आधारमा पुगेको लागु औषध नियन्त्रण ब्युरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई राजविराज–छिन्नमस्ता सडकखण्डबाट पक्राउ गरेको हो ।
- उनीहरुको साथबाट १ सय ७७ ग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोइन तथा दुई थान मोबाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया